परिलक्षित सस्था द्वारा संचालित अपाङ्गता भएका व्यक्तिहरुको लागि शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत वीरेन्द्रनगरका विभिन्न क्षेत्रमा अनुगमन गरिएको छ।
वीरेन्द्रनगर नगरपालिकाको उप-प्रमुख निलकण्ठ खनालको नेतृत्वमा बिरेन्द्रनगर नगरपालिकामा अनुगमन तथा मुलायांकन गरिएको छ।
बीरेन्द्रनगर-४ निवासी केशब रोकायको बाख्रापालन, बिरेन्द्रनगर-१ कि लक्ष्मी नेपालीलेसिलाई कटाई तालिम सिक्दै गरेको र बिरेन्द्रनगर ३ कि पार्वती गौतमकोनास्ता पसल अनुगमन गरिएको छ भने बिरेन्द्रनगर -७ स्थित श्री श्री कृष्ण सस्कृत तथा साधारण मा. बि सुर्खेत द्वारा संचालित दृस्टीबिहिन बहिनीहरुको लागि बेड- बिस्तार सहयोग जस्ता गतिबिधिको अनुगमन गरिएको छ।
उक्त अनुगमनमा बिरेन्द्रनगर नगरपालिकाको उप-प्रमुख नीलकण्ठ खनाल, जन स्वास्थ्य, पशुशाखा, महिला बालबालिका, जेष्ठनागरिक तथा अपाङ्गता शाखा, गै. स.स प्रतिनिधि, नगरअपाङ्गता संजालको प्रतिनिधिहरुको सहभागी हुनुभएको थियो।
अनुगमन पछि बिरेन्द्रनगर नगरपालिका परियोजना सल्लाहकार समितिका सयोजक तथा बिरेन्द्रनगर नगरपालिकाका उप-प्रमुख नीलकण्ठ खनालको अध्यक्षमा समितिको बैठक बसी आज भएको अनुगमनको समिक्षा गरि समग्रमा राम्रो काम भएको र दिनमा अपाङ्गता हक हितमा प्रभावकारी काम गर्न र सल्लाह दिनुभएको छ।
प्रकाशित मिति: २४ कार्तिक २०८०, शुक्रबार १७:१६