जनमुखी कृषि तथा पशुपालन सहकारी संस्था सुर्खेतले १२ औँ बार्षिक साधारणसभा सम्पन्न गरेको छ।
संस्थाको आर्थिक बर्ष बार्षिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष यज्ञबहादुर खड्काले २०८०–८१मा संस्थाको १५ करोड बराबरको आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभयो।
यसैगरी संस्थाले आर्थीक वर्ष २०७९–०८० करोड ३० लाख बराबरको कुल आम्दानी गरेको जनाएको छ।संस्थाले १ करोड १५ लाख बराबरको आम्दानी गर्न सफल भएको संस्थाले जनाएको छ।
सुर्खेतको बीरेन्द्रनगर, भेरीगंगा र लेकबेशी नगरपालिकामा कृषि तथा पशुपालन क्षेत्रमा काम गर्दै आएको छ।संस्थाका सचिव शेरबहादुर खड्काले अहिले २ हजार ३ सय भन्दा कृषकहरु आबद्द रहेका बताउनु भयो।उहाँले उनीहरुको जिवनस्तर उकास्नको लागी संस्थाले कृषि र पशुपालनक्षेत्रमा काम गर्दै आएको बताउनुभयो।
सचिव खड्काले संस्थाले अन्य सहरकारीहरु संग पनि सहकार्य गर्नको लागि सरकारले ल्याएको सहकारी एकिकरण अभियान चलाउने बताएको छ।
साधारण सभालाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष डिलबहादुर रखालले नाफामुखी मात्र नभर ब्यवसायीक सहकारी बन्न सुझाव दिनुभयो।
उहाँले कृषि सहकारीलाई कृषिक्षेत्रमा लगानी गरि किसानको आआर्जन बृद्धि गर्न अपिल गर्नु भयो।
कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका सचिव बिशाल केसी राष्ट्रिय सहकारी बैकंका प्रतिनिधि लगायत अन्य व्यक्तीहरुको सहभागिता रहेको छ।कार्यक्रम संस्थाका अध्यक्ष विन्दु थरुनीको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रकाशित मिति: २८ आश्विन २०८०, आईतवार १६:१५