अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ।
आयोगका कार्यालयका प्रमुख माधवप्रसाद पोखरेलले ३३ औं वार्षिक प्रतिवेदन कर्णाली प्रदेश प्रमुख तिलक परियार समक्ष पेश गरेका हुन।
प्रतिवेदन पेश गर्दै पोखरेलले आर्थिक वर्ष २०७९/०८० मा विभिन्न माध्यमबाट आयोगमा कूल २० हजार ९०५ उजुरीहरू परेका बताउनुभयो।
अघिल्लो आर्थिक वर्षमा ७ हजार १६२ उजुरीहरू परेका थिए।
जसमा कारवाही गर्नुपर्ने उजुरीहरू २८ हजार ६७ वटा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी रत्नचन्द्र गौतमले बताउनुभयो।
प्राप्त भएको उजुरीमध्ये आयोगको कार्यालय सुर्खेतमा अघिल्लो आर्थिक वर्षबाट ५३५ उजुरीहरु जिम्मेवारी सरी आएको र आर्थिक वर्ष २०७९/८० मा १ हजार ५६१ उजुरीहरु दर्ता भई कुल २० दशमलव ९६ उजुरी छानविन तथा अनुसन्धानको क्रममा रहेका छन्।
यस्तै, प्रारम्भिक छानविनको क्रममा रहेका ९४४ उजुरी चालु आर्थिक वर्ष २०७९/०८१ मा जिम्मेवारी सरेर आएका हुन।
आर्थिक वर्ष २०७९/८० मा छानविन तथा कारबाही गर्नुपर्ने कुल २ हजार ९६ उजुरीहरुमध्ये आयोगको कार्यालयको क्षेत्राधिकार भित्रका ११ जिल्लाका उजुरीहरुमा सबैभन्दा बढी सुर्खेत जिल्लाका ४५४ उजुरी, त्यसपछि दैलेख जिल्लाका ३१५, मुगु जिल्लाका २४०, कालिकोट जिल्लाका २ सय हुम्ला जिल्लाका १८६, जाजरकोट जिल्लाका १७९ जुम्ला जिल्लाका १४३, सल्यान जिल्लाका १३९, रुकुम पश्चिम जिल्लाका १३५, डोल्पा जिल्लाका ८७ र रुकुम पूर्व जिल्लाका १८ उजुरीहरु रहेका छन।
प्राप्त उजुरीमध्ये सबैभन्दा बढी सङ्घीय मामिला स्थानीय तहसँग सम्बन्धित ५७ दशमलव ५३ प्रतिशत रहेका छन्।
यस्तै, आर्थिक वर्ष २०७९/८० मा आयोगको कार्यालय सुर्खेतबाट ११३ वटा उजुरीमा विस्तृत अनुसन्धान सम्पन्न भई आयोगमा निर्णयका लागि प्रतिवेदन पेश भएको छ।
आर्थिक वर्ष ०७९/८० मा आयोगबाट विशेष अदालतमा दायर १६२ मुद्दाहरूमध्ये आयोगको कार्यालय सुर्खेतबाट अनुसन्धान भई प्रतिवेदन पेश भएका ४४ वटा मुद्दाहरु दायर भएका हुन्।
प्रकाशित मिति: २४ आश्विन २०८०, बुधबार १६:४६