वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ८, सुर्खेतको एक्काइसौ वार्षिक साधारण सभा अन्तर्गत एकाई नं. ४ को एकाई बैठक सल्यानको कालिमाटी सम्पन्न भएको छ।
सहकारी ऐन नियम अनुसार एकाई बैठकहरु मार्फत वार्षिक साधारण सभाहरु संचालन गर्नुपर्ने व्यवस्था भएबमोजिम एकाई नं. ४ अन्तर्गत सल्यानका शारदा नगरपालिका र कालिमाटी गाँउपालिका क्षेत्रमा रहेका सदस्यहरुको उपस्थितिमा आज कालिमाटी रामपुरमा वार्षिक साधारण सभाको एकाई बैठक सम्पन्न भएको संस्थाका प्रवन्धक श्यामलाल न्यौपानेले बताउनु भयो।
साधारण सभाको उद्घाटन सत्रमा कालिमाटी गाँउपालिका का अध्यक्ष दान बहादुर के.सी.ले राज्यको तीनखम्बे अर्थ नीतिको एक महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारीहरुहरुले राज्यको आर्थिक विकासलाई सुदृढ गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै त्यसमा वातावरणले पनि यस क्षेत्रमा आफ्नो जिम्मेवारी सफलताका साथ पुरा गरिरहेको बताउनुभयो।
कार्यक्रमका विशेष अतिथि तथा संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले वातावरणले सदस्यहरुलाई उद्यमी बन्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै सदस्यहरु पनि संस्थाबाट ऋण कारोबार गरेर व्यावसायिक एवं उत्पादनमुखी हुनुपर्नेमा जोड दिनुभयो।
संस्था संचालक समितिका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न एक्काईसौं वार्षिक साधारण सभाको एकाई बैठकले संस्थाका वरिष्ठ प्रवन्धक किरण बस्नेतले पेश गर्नुभयो।
संस्थाको चालु आ.व. २०८०÷०८१ को ७ अर्व, ८१ करोड, ५२ लाख, ८० हजार, ४ सय ३२ रुपैयाँ ७२ पैसाको संशोधित र आगामी आ.व. २०८१÷०८२ को ९ अर्व, २५ करोड, १८ लाख, १० हजार, ४ सय ३२ रुपैयाँ ७२ पैसाको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको छ।
प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार १६:४९