कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुर्खेत विमानस्थल विस्तार कार्य अगाडि बढाइनु पर्ने बताउनु भएको छ।
आज सुर्खेत विमानस्थलमा प्रेस युनियन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले धावनमार्ग विस्तार गर्ने कुरामा आफु सहमत नै रहेको बताउनुभयो।
उहाँले सुर्खेत विमानस्थलको धावनमार्ग विस्तार कार्य अगाडि बढाउने प्रयास भइरहेको पनि जानकारी दिनुभयो। ‘‘उत्तरतिर विस्तार गर्ने कुरामा समस्या छैन । तर दीर्घकालीन विमानस्थलका रूपमा यो विमानस्थलले धान्न सक्दैन,’’ उहाँल भन्नुभयो, ‘‘अहिलेको विमानस्थललाई विस्तार गर्ने कुरामा विवाद गर्नुपर्ने कुनै कारण छैन ।’’ उपप्रधानमन्त्री खड्काले विकासमा राजनीतिक गर्न नहुने खड्काले बताउनुभयो ।
मदन भण्डारी राजमार्गको बडिचौर बेनिघाटका सडक विस्तारको प्रक्रिया पनी अगाडि बढेको बताउनुहुँदै उहाँले चुनावको समयमा बजेट कार्यान्वयनको विषयमा जनतामाझ आश्वासन दिएका कुरा अगाडि बढेको बताउनुभयो ।
यस्तै सुशासनको मार्गचित्र कोर्ने तयारीमा सरकार लागिरहेको बताउनुभएको छ ।
रक्षामन्त्री खड्काले बजेट कार्यान्वयनमा सरकारले विशेष ध्यान दिएको बताउनुहु्ँदै कालोबजारीलाई नियन्त्रण गर्ने लगायतका विषयहरूमा अभियानका रूपमै सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।
‘उपप्रधानमन्त्री खड्काले प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा गएको उपलब्धि कर्णाली करिडोर चीन सरकारले बनाउने निर्णय भएको बताउनुभयो ।
उहाँले विकास निर्माणका कार्यमा सङ्घ, प्रदेश र स्थानीय तहले समन्वय गरेर अगाडि बढेको जानकारी दिनुभयो । बजेट कार्यान्वयनका प्रक्रियालाई छिटो, छरितो, सरल बनाउनका लागि हुने ढिलासुस्तीलाई सुधार्दै अगाडि बढाउनेबारे पनि सरकार गम्भीर रहेको बताउनुभयो ।
प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार १२:३९