कर्णाली प्रदेशमा सुरक्षित रुपमा स्तनपान गराउनेको संख्या राष्ट्रिय औसतभन्दा बढि देखिएको छ।जन्मेदेखी ६ महिना सम्म पुर्णरुपमा आमाको दुध खुवाउने ७४ प्रतिशत रहेको निर्देशनालयको तथाङक रहेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशले विश्व स्तनपान दिवसको अवसरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो जानकारी गराएको हो।
नेपालमा ५५ प्रतिशत महिलाले शिशुलाई जन्माएको छ महिनासम्म आमाको दूध खुवाउने गर्दछन भने कर्णालीमा यो संख्या ७४ प्रतिशत रहेको छ।यस्तै प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन्।
स्वास्थ्य संस्थामा सुत्केरी हुने मध्ये जन्मेको एकघण्टामा ४२ प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ।
शिशुलाई छ महिनासम्म आमाको दूध खुवाउने तथ्याङ्कमा कर्णाली र सुदुरपश्चिम प्रदेशले अन्य प्रदेशलाई उछिनेका छन।सुदुरपश्चिम प्रदेशपनि पुर्ण स्तनपान गराउनेको संख्या ७४ प्रतिशत नै रहेको पार्इएको छ।
उता लुम्बीनी प्रदेशमा ३८, गण्डकी प्रदेश ६४, बाग्मती ४३, मधेश प्रदेश ६३, र कोशी प्रदेशमा ५३ प्रतिशत बालबालिकाले पुर्णरुपमा स्तनपानको उपभोग गर्न पाउने गरेका छन।निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य अधिकृत करुण भटरार्इले साक्षर परिवार भन्दा निरिक्षक परिबारका बालबालिकाले बढि आमाको दुध खाने गरेको बताउनुभयो।
अधिकृत भटरार्इले एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या बागमती र गण्डकीभन्दा कर्णालीमा बढी रहेको जानकारी दिनुभयो।उहाँले कर्णाली स्वास्थ्य सेवा ऐनले शिशुको स्तनपानको अधिकार सुनिश्चित गर्नुका साथै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणमा नियमनको प्रबन्ध गरेको बताउनुभयो।
यस्तै कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रदेश स्वास्थ्य निर्देशक रबिन खड्काले पछिल्लो समय अप्रेसन गरेर बच्चा जन्माउने संख्या बढेको भन्दै केही रुपमा स्तनपानमा समस्या देखिएको बताउनुभयो।आमाको दुधमा नै बच्चाको लागि चाहिने पोट्रिन प्रयाप्त हुने भएकाले जन्मेको एक घण्टाभित्र जतिसक्दो चाँडो स्तनपान गराउनुपर्न आग्रह गर्नुभयो।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले स्तनपान नै बच्चाको लागि पहिलो पोषण भएको भन्दै आम नागरिकमा यो चेतना जगाउन आवश्यक रहेको बताउनुभयो।उहाँले अहिले धेरै बालबालिकालार्इ बजारमा पाइने पाउडर दुध खुवाउने गरिएको भन्दै
आमाको दुध खुवाउने बातावरण बनाउनुपर्नेमा जोडदिनुभयो।विश्व स्तनपान दिवसको अवसरमा सप्ताहाव्यापी कार्यक्रम गरी सुर्खेतसहित कर्णालीमा मनाइदै छ ।
प्रकाशित मिति: १९ श्रावण २०८०, शुक्रबार १७:४३