राष्ट्रिय अर्थतन्त्रमा कर्णाली प्रदेशको योगदान निकै कमजोर देखिएको छ।आर्थिक वर्ष २०७९/८० मा कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको हिस्सा जम्मा ४ दशमलव १ प्रतिशत रहेको राष्ट्र बैकंको तथाङकमा रहेको छ।
नेपाल राष्ट्र बैङ्कले प्रकाशन गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा यस्तो तथाङक सार्वजनिक गरिएको छ।
कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः ३०.८ प्रतिशत, १३.५ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ।
अन्य प्रदेशमा जस्तै कर्णाली प्रदेशमा पनि सेवा क्षेत्रको योगदान उच्च रहेको छ।सेवा क्षेत्रका विकासका संवाहकको विस्तार एवं समुचित उपयोग गर्दै राष्ट्रिय उत्पादनमा कणाली प्रदेशको योगदान बढाउनुपर्ने अध्ययनले देखाएको छ।
यस्तै कर्णाली प्रदेशको आर्थिक परिसूचकहरु अन्य प्रदेशको तुलनामा निकै पछाडि रहेको देखिएको।
कृषि उपज अन्तर्गत पर्ने खाद्य तथा अन्य बालीले ढाकेको भू-क्षेत्र जम्मा ६.३ प्रतिशत रहेको छत्यसैगरी, खाद्य तथा अन्य बालीको उत्पादन सबैभन्दा धेरै मधेस प्रदेशमा २७.० प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ४.७ प्रतिशत रहेको छ।
अन्य प्रदेशको तुलनामा कर्णाली प्रदेशमा सबैभन्दा कम कृषि तथा पशुपन्छिजन्य उत्पादन भएको देखिएको छ।बढी दुध उत्पादन बागमती प्रदेशमा २३.९ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २.३ प्रतिशत रहेको छ।
माछा र मासु उत्पादनमा मधस प्रदेशको हिस्सा सबैभन्दा बढी क्रमशः ४९.७ प्रतिशत र २३.२ प्रतिशत रहेको छ भने सबैभन्दा कम हिस्सा कर्णाली प्रदेशमा क्रमशः ०.१ प्रतिशत र ४.० प्रतिशत रहेको छ।
प्रकाशित मिति: १० श्रावण २०८०, बुधबार ०७:०८