अपाङ्गता भएका क्षेत्रमा काम गर्दै आएकाे परिलक्षित संस्थाले सुर्खेतका तिनवटा पालिकामा बाख्रा र बंगुर वितरण गरीएको छ ।
संस्थाकाे शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत सुर्खेतका वीरेन्द्रनगर, भेरिगंगा र गुर्भाकोट नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा र बंगुर वितरण गरिएको हो । उनीहरुको आयआर्जनमा वृद्धि गर्न ११ जनालाई बाख्रा र ४ जनालाई बंगुर वितरण गरीएको परिलक्षित संस्थाका कार्यक्रम अधिकृत राजु लामिछानेले जानकारी दिनुभयाे ।
उनकाअनुसार वीरेन्द्रनगर नगरपालिका वडा १ का शोभा नेपाली, जित बहादुर नेपालीलाई बाख्रा वितरण गरिएको छ भने, २ का जय बहादुर बिक र अनन्ते कामी, वडा ४ का केशब रोकाय गरि ५ जनालाई बाख्रा र वडा न.१ कि रत्न कुमारी सुनारलाई बंगुर वितरण गरिएको छ । यस्तै भेरिगंगा नगरपालिका अन्तर्गत वडा नम्बर ९ का टेक बहादुर कामी, राजेन्द्र कुमार बिक, खर्क बहादुर कामी र वडा नम्बर ४ का पूर्ण बहादुर खड्का र बुदीराम खत्री गरि ५ जनालाई बाख्रा बितरण गरिएको छ ।
त्यसैगरि गुर्भाकोट नगरपालिका वडा नम्बर १३ का चन्द्र बहादुर गाहालाई बाख्रा र वडा नम्बर २ कि बृहस्पति कामी, वडा नम्बर ४ का राम बहादुर सार्की र वडा नम्बर १ कि प्रेमकुमारी बिक गरी ३ जनालाई बंगुर वितरण गरिएको लामिछानेले जानकारी दिए । उनकाअनुसार २५ जना अपाङ्गता भएका व्यक्तिले बाख्रा र बंगुर पालनको लागि दिएको निबेदनहरुको कागजपत्रको अध्ययन र घर अनुगमन गरेर १५ जनालाई छनौट गरि उनीहरुको बैंक खातामा २० हजार रकम उपलब्ध गराइएको थियो ।
उनीहरुले उक्त रकमले बाख्रा र एक पाठी खरिद गरेका छन् । कसैले तीन वटा बाख्रा खरिद गरेका छन् । १५ जना अपाङ्गता भएका व्यक्ति मध्ये १० जना शारीरिक, ३ जना दृष्टीबिहिन, १ जना बहिरा र १ जना मनोसामाजिक अपाङ्गता भएका व्यक्ति रहेका छन् ।
संस्थाले यस अघि पनि अन्य क्षेत्रका अपागता भएकाहरुलाइ सहयोगगर्दै आएकाे छ।
प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार ०७:५२