कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधिन प्रदेश रंगशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भौतिक प्रगति ६० र वित्तिय प्रगति ४६ प्रतिशत भएको हो ।
हालसम्म रंगशालामा दर्शक प्याराफिटमा ४ हजार कुर्सिहरुको जडान कार्य सकिएका, भिआईपीतर्फको प्याराफिटमा सिभिल निर्माण कार्यको अन्तिम चरणमा रहेको र जसको फिनिसिङ र छाना निर्माण कार्य बाँकी रहेको जनाइएको छ ।
यस्तै, रंगशालमा पौडीपोखरी, व्यावसायीक सटर गेट निर्माण कार्यको सिभिल स्टकचर कार्यको अन्तिम चरण, फुटबल मैदानमा दुबो लगाई स्तर वृद्धिको कार्य जारी, भईरहेको छ एथलेटिक्स ट्याकको सब बेस र नाली निर्माण सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य जारी रहेको प्रदेश खेलकुद परिषद सदस्य सचिव विश्वमित्र सञ्ज्यालले जानकारी दिनुभयो ।
निर्माणाधिन रंगशालाको कार्य तोकिएको समय भित्र सम्पन्न गर्ने गरी तालिका अनुसार नै काम अगाडी बढेको र हालसम्म ६५ करोड ८५ लाख रकम खर्च भएको उहाको भनाई छ ।
आगमी वर्ष २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रंगशाला निर्माणको कामलाई निरन्तर अगाडी बढाएको सञ्ज्यालले जानकारी दिनुभयो ।
१० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर प्रदेशका विभिन्न जिल्लामा खेलकुद संरचनाहरु निर्माण गरिएको पनि सञ्ज्यालले बताउनुभयो ।
यस्तै, १० औं राष्ट्रिय खेलकुदका लागि कर्णालीले २ अंकको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनीको लागी कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३ औं बोर्ड बैठकले कर्णाली प्रदेशका खेलहरुलाई (क), (ख) र (ग) श्रेणीमा वर्गिकरण गरि प्रशिक्षण र प्रतियोगिता सन्चालन गर्ने निर्णय गरेको छ ।
यसैअनुसार (क) श्रेणीमा एथलेटिक्स, उस आइटिफ करोते र तेक्वान्दो गरि ५ वटा रहेका छन भने (ख) श्रेणीमा ७ वटा वक्सीङ, फुलकन्ट्याक्ट कराँते, जुडो, हक्की, रग्बी, हेन्डवल र बास्केटवल) त्यसैगरी (ग) श्रेणीमा १० वटा (कवडी, डॉकेट, खोखो, व्याडमिन्टन, भलिवल, भारोतगोन, फुटवल टिमको खेललाई वर्गीकरण गरिएको उहाले जानकारी दिनुभयो ।
यी वर्गिकरण भर्खरै सम्पन्न भएको नवांै राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानी तयार गरिएको हो ।
यस्तै, खेलकुद परिषद्ले कर्णाली प्रदेशबाट विभिन्न अन्तराष्ट्रिय स्तरका पदक प्राप्त गर्ने खेलाडीहरूलाई पुरस्कार स्वरुप २७ लाख ५५ हजार खर्च भएको छ ।
प्रकाशित मिति: २४ असार २०८०, आईतवार १८:०३