सुर्खेतको वीरेन्द्रनगरमा कृषि हाट बजार, खेलकुद तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनमा आउने भएको छ।वीरेन्द्रनगर १० दिपनगरमा आज एक कार्यक्रमको आयोजना गरेर वडा अध्यक्ष डिलबहादुर रखालले कृषि हाट बजारको शिलन्यास गर्नुभएको हो।दश लाखको लागतमा निर्माण हुने हाटबजार अवको एकमहिना भित्र काम सक्ने लक्ष्यका साथ काम थालिएको छ।
अहिले रत्नराजमार्ग अन्तर्गत घुस्रा जाने सडकमा अव्यवस्थित तरिकाले वीरेन्द्रनगरका किसानले उत्पादन गरेका तरकारिहरु विक्री वितरण हुँदै आएका छन।सडक छेउमा जोखिमका बीच अहिले किसानहरु उत्पादन गरेको तरकारी विक्री गर्न बाध्य भएका छन।हाटबजार स्थापनासंगै स्थानिय किसानहरु पनि खुशी भएका छन। निर्माण सम्पन्न भएपछि हरेक दिन विहान किसानहरुले यहाँ आफुले उत्पादन गरेका कृषि उपजहरु राख्न पाउने छन।
अव कृषि हाटबजार स्थापनासंगै वीरेन्द्रनगरका किसानले उत्पादन गरेका तरकारीहरु त्यहाँ राखिने भएको छ।स्थानीय किसानले उत्पादन गर्ने तरकारीको उचित बजारीकरण गर्ने उद्देश्यले वीरेन्द्रनगरमा कृषि हाटबजार सञ्चालनमा ल्याएको हो।वीरेन्द्रनगर नगरपालिकाले वडानम्बर १० लाई कृषि पकेट क्षेत्र रुपमा हेरेको छ।यहाँ बाहेक वीरेन्द्रनगको वडा नं ९, ११,मा उत्पादन हुने तरकारी यहांबाट बिक्री गर्न सकिने भएको छ।
व्यवस्थित कृषि हाटबजार नहुँदा यहाँका किसानले उत्पादन गरेका भन्दा बाहिरबाट आयातित तरकारीले बजार पाउने गरेको थियो।विषादीयुक्त कृषिउपज महँगो मूल्यमा खरिद गर्नुपर्ने आम उपभोक्ताको बाध्यतालाई मध्यनजर गर्दै कृषि हाट संचालन गरेको वडा अध्यक्ष रखालले जानकारी दिनुभयो।आम उपभोक्ताले सुपथ मूल्यमा अर्गानिक कृषिउपज किसानको खेतबारीबाट हाट बजारमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाउने उहाँले बताउनुभयो।
कृषि हाट बजार व्यवस्थापन समितिका अध्यक्ष मोति खनाललले यसलाई वीरेन्द्रनगर मै नमूना बनाउन अर्गानिक तरकारी महोत्सव गर्ने योजना बनाइएको बताभयो।कृषि हाट बजार संचालनमा आउँदा कृषि उपजका विचौलियाको अन्त्य हुने उहाँको भनाइ छ। छ कट्टा जमिनमा कृषि हाट बजारसंगै यहाँ खेलकुद तथा जेष्ठ नागरिक दिवा सेवा केन्द्र समेत सञ्चालन हुने भएको छ।
प्रकाशित मिति: १ असार २०८०, शुक्रबार १४:५२