कुष्ठरोग निवारणको लागि स्थानियतहका जनप्रतिनिधिहरुले सामुहिक प्रतिबद्धता जनाएका छन।राष्ट्रियस्तरमा कुष्ठरोग निवारण घोषणा भएपनि कर्णाली सहित अझै केही ठाँउमा निवारण नभएको पाइएको छ।
निवारण भन्नाले प्रति १० हजार जनसङ्ख्यामा एकभन्दा कम बिरामी भएको अवस्थालाई बुझिन्न्छ।आज सार्इनिङग अस्पताल आइएनइफ सुर्खेतले, सुर्खेतका सबैपालिका प्रमुख तथा स्वास्थ्य शाखाका प्रमुखहरुसंग कुष्ठरोगरो निरारणको लागी छलफल गरेको छ।
उनीहरुले आफ्नो पालिकाभित्र रहेका कुष्ठरोग रोगीहरुको पहिचान गरेर कुष्ठरोग निवारणको लागी पहल थाल्ने प्रतबद्धता जनाएका छन।उनीहरुले शुन्य कुष्ठरोगरीको अवधारणलार्इ सफल बनाउन साँझा पहल थाल्ने बताएका छन।
पालिका प्रमुखहरु जनस्वास्थ, प्रदेश स्वास्थ्य निर्देशनालयहरुसंग समुन्वयन गरेर अगाडी बढेर कुष्ठरोग मुक्त पालिका बनाउने बताएका छन।कार्यक्रममा जिल्ला समुन्वय समितिका प्रमुख गंगाराम सुनारले कुष्ठरोग निवारणका लागि जनचेतनामूलक कार्यक्रम, सङ्क्रमण नियन्त्रण, क्षमता अभिवृद्धि, लगायतका क्रियाकलाप सञ्चालन गर्न स्थानियतहरुलार्इ आग्रह गर्नुभयो।
कर्णाली प्रदेशमा पनि कुष्ठरोगरोग निवारणको अवस्थामा पुगेको सार्इनिङग अस्पताल आइएनइफ कुष्ठरोगरोगका फोकल पर्सन उदयनाथ योगीले बताउनुभयो।अहिले पनि कर्णालीमा विकट जिल्लामा कुष्ठरोगका बिरामीलाई समयमै उपचार पाउन सकेका छैनन्।
कार्यक्रममा कुष्ठरोगको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी गराइएको थियो।
उल्मूलनको चरणमा
यता कुष्ठरोग कर्णाली प्रदेशमा उन्मूलनको चरणमा रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कर्णालीमा बितेका सात आर्थिक वर्ष (२०७२/०७३ देखि २०७८/०७९) मा ६ सय ४४ नयाँ कुष्ठरोगी फेला परेकोमा हाल सो संख्या घटेर ८४ पुगेको निर्देशनालयका सूचना अधिकारी पदमबहादुर केसीले जानकारी दिनुभयो।
‘कर्णालीमा कुष्ठरोग करिबकरिब निवारणकै अवस्थामा छ । हामीकहाँ कुष्ठरोगी हुँदै नभएको भन्नेचाहिँ होइन । छिटपुट रूपमा बिरामी हुनुहुन्छ’, सूचना अधिकारी केसीले भने, ‘कर्णालीमा जनस्वास्थ्य समस्याको रूपमा कुष्ठरोग छैन भन्दा पनि हुन्छ । विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार प्रति १० हजार जनामा १ जनाभन्दा कम बिरामी भएको अवस्थालाई निवारणको अवस्था मानिन्छ ।’
प्रभावकारी र बहुउपयोगी औषधि र निःशुल्क उपचारका कारण कर्णालीमा कुष्ठरोग निवारणतर्फ उन्मुख भएको सूचना अधिकारी केसीको भनाइ छ । कुष्ठरोग दुई प्रकारको हुने भन्दै कम किटाणु भएको बिरामीले ६ महिना र बढी कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रो ब्याक्टेरियम लेब्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । यो रोगले खास गरेर छाला, स्नायु (नसा) मा असर गर्छ ।
प्रकाशित मिति: २७ बैशाख २०८०, बुधबार १७:४३