राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको राष्ट्रिय अधिबेशन भोलिदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुदै छ। अधिबेशनमा सहभागीहुन देशैभरबाट झन्डै चारसय भन्दा बढि प्रतिनिधिहरु सुर्खेत आउनेक्रम जारी छ।
जेष्ठनागरिकहरुका लागी सरकारले विभिन्न कार्यक्रमहरुको आयोजा सञ्चालन गरेपनि प्रभावकारी भने हुन सकेको छैन।
ज्येष्ठ नागरिक सरकारी सुविधाबाट बञ्चित भएको बताएका छन।उनीहरुले यातायात सेवामा, स्वास्थ्य सेवामा दिइने सुविधा उपलव्ध गराउन माग ज्येष्ठ नागरिकले गरेका छन।
उनीहरुले अझैपनि ज्येष्ठ नागरिकलाई यातायात सेवामा सुविधाबाट बञ्चित गराइएको, अस्पतालमा सेवा लिन जाँदा अपमान गर्ने गरिएकोले सरकार आफैले घोषणा कार्यान्वयन गर्न नसकेको आरोप लगाएका छन्।
महासंघका केन्द्रीय अध्यक्ष छत्रबहादुर प्रधानले ज्येष्ठ नागरिकले सरकारले दिने भनेको सेवा सहज उपलव्ध गराउन माग गर्नुभयो।
उहाँले ज्येष्ठ नागरिकहरु ज्ञान, सीप, अनुभवलाई राज्यले सदुपयोग गर्न नसकेको आरोप लगाउँदै सामाजिक, आर्थिक, स्वास्थ्य, सुरक्षालगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवासुविधा सहज ढंगले पाउन नसकेको बताउनुभयो।अहिलेका ऐन, कानुन, नीति नियम समयानुकूल नभएको अवस्थामा कार्यान्वयन र अनुगमन पक्ष फितलो हुँदा ज्येष्ठ नागरिकहरु थप पीडित हुँदै गएको उहाँको भनाइ छ। उहाँले ज्येष्ठ नागरिकका पक्षमा धेरै कानुनहरु बनाउन आवश्यक रहेकोले तीन तहका सरकारले यसमा ध्यान दिनुपर्ने सुझाव दिनुभयो।
संघीय सरकारले कानुन निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले ज्येष्ठ नागरिकका पक्षमा कानुन कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी रहेको औंल्याउँदै उहाँले स्थानीय तहले बढी जिम्मेवारी लिनुपर्ने उल्लेख गर्नुभयो।यस्तै महासंघका केन्द्रीय उपाध्यक्ष शारदा चन्दले सरकारले आफूले घोषणा गरेको सेवासुविधा नै ज्येष्ठ नागरिकलाई दिन नसकेको बताउनुभयो।
उहाँले ज्येष्ठ नागरिकलाई बैंकले ऋण उपलव्ध नगराउने, अस्पतालमा स्वास्थ्य वीमाको सेवा लिन जाँदा अपमान गर्ने गरेको दुःखेसो पोख्नुभयो।
सरकारले ज्येष्ठ नागरिकलाई पुस्तान्तरणमा अनुभव आदानप्रदान गर्न, आधारभूत तहबाटै नैतिक शिक्षा प्रदान गर्नेजस्ता कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो। महासंघका केन्द्रीय सदस्य एवं सुर्खेतमा हुने राष्ट्रिय सम्मेलनमा संयोजक बालकृष्ण श्रेष्ठले ज्येष्ठ नागरिकलाई सवैले सम्मान गर्न आग्रह गर्दै उनीहरुको समस्यालाई आफ्नै सम्झिन अपिल गर्नुभयो। उहाँका अनुसार सम्मेलनमा करिव चार सय प्रतिनिधि सहभागी हुनेछन् ।
प्रकाशित मिति: २४ बैशाख २०८०, आईतवार ०६:४३