प्रेस स्वतन्त्रता दिवस आज सुर्खेतसहित देशभर विभिन्न कार्याक्रमको आयोजना गरेर मनार्इएको छ।दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले वीरेन्द्रनगरमा पत्रकारसंग अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ।
अहिलेपनि पत्रकाहरु विभिन्न क्षेत्रबाट आक्रमण पर्ने र दुर्व्यबहारका घटनाको सिकारमा पर्ने गरेको जनार्इएको छ।मानव अधिकार तथा शान्ति समाज सुर्खेत अध्यक्ष प्रेम भन्डारीले कुनैपनि अवस्थामा पत्रकारको जीवन रक्षाहुर्नेमा जोडदिनुभयो।
उहाँले प्रेस स्वतन्त्रता माथी सबैभन्दा बढि खतरा युद्ध र सशस्त्र द्धन्दका बेला हुने गरेको भन्दै पत्रकारमागि हुने आक्रमणलार्इ रोक्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गर्दै आएको जिकिर गर्नुभयो।
नेपलामा दश बर्षे सशस्त्र द्धन्दको समयमा एकदर्जन बढि पत्रकारको राज्य र तत्कालिन माओवादीबाट मारिएका सरकारी तथाङक रहेको छ।यस्तै मानव अधिकार तथा शान्ति समाजलका केन्द्रिय उपाध्यक्ष पुष्षा कोर्इरालाले बेला बखतमा सरकारले प्रेस स्वतन्त्रतालार्इ अंकुश लगाउने निती नियमहरु लागु गर्न खोजेको आरोप लगाउनु भयो।
उहाँले अभिव्यक्ति स्वतन्त्रता आधारभूत मानव अधिकार भएको भन्दै यसको रक्षाको लागी सबै एकजुट हुनुपर्नेमा जोडदिनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले समाचार लेखेकै कारण अहिले पनि पत्रकारलार्इ ज्यानमार्ने देखी विभिन्न खाल्का धम्की आउने गरेको बताउनुभयो।
उहाँले आफुहरुले कसैको डर धम्की नमानी निष्पक्ष रुपमा सत्य तथ्य समाचारहरु प्रकाशन तथा प्रशारण गरिरहेको उल्लेख गर्नुभयो।
दिवसको अवसरमा समाजले दश बुँदे कार्यपत्र समेत प्रस्तत गरेको छ।
कार्यपत्रमा श्रमजिवी पत्रकारहरुको अधिकार, प्रेस स्वतन्त्रता प्रतिको प्रतिवद्धता, अभिव्यक्ती स्वतन्त्रता, मिडियामाथी हुने आक्रमबाट रक्षा गर्ने उपाय, प्रेस स्वतन्त्रताको विश्वव्यापी स्थितिको आँकलन लगायतका विषय समाबेश गरिएको थियो।
प्रकाशित मिति: २० बैशाख २०८०, बुधबार १७:२५