भेरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्धारा संचालित रेडियो भेरी सुर्खेत २० बर्षमा प्रवेश गरेको छ।रेडियोले बार्षिक उत्सवको अवसरमा आज एक कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाइएको हो।
दिवसको अवसरमा सहभागीहरुले रेडियोले आफूले प्रशारण गर्ने सामग्री र विषयबस्तुलाई समयानुकुल बनाउनुपर्नेमा जोड दिएका छन।उनीहरुले रेडियो भेरीले खेलेका महत्त्वपूर्ण घटनालार्इ स्मरणगर्दै अझै पनि जनतालार्इ सत्य, तथ्य सुचना प्रदान गर्न आग्रह गरेका छन।
रेडियो शैलीलाई स्रोताको रुची र चाहना अनुरुप परिमार्जन गरेर लैजान सके सान्दर्भिकता अझ बढ्ने सहभागीहरुको भनाई छ।कार्यक्रममा पत्रकार महासंघ सुर्खेत अध्यक्ष ललित बसेलले सुर्खेतको बिकास र समृद्धिको लागी रेडियोको भुमिका महत्त्वपूर्ण रहेको बताउँनु भयो।
उहाँले रेडियो अहिले पनि सशक्त सञ्चार माध्यम भएको बताउँदै रेडियोले समय सापेक्ष आफ्नो शैली बदल्दै स्रोतामुखी हुनुपर्ने आवश्यकता औंल्यानुभयो ।कार्यक्रमलार्इ सम्बोधन नेपाली काँग्रेस कर्णाली प्रदेशका सदस्य शम्भु पन्तले अहिले पनि सञ्चारको शसक्त माध्य नै रेडियो भएकाले यसलार्इ अझै व्यवस्थित बनाएर लैजानुपर्नेमा जोडदिनुभयो।
यस्तै नेपाली काँग्रेस सुर्खेतका पुर्वसभापति कमलराज रेग्मीले रेडियो भेरी विभिन्न कालखण्डमा गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि जिम्मेवार निकायलार्इ निरन्तर दबाब दिने काम जारी राख्न अपिल गर्नुभयो।
उहाँले सुर्खेतका सम्पुर्ण भूगोलमा सुचना सन्चारलाई प्रभावकारी ढंगले संप्रेसन गर्ने माध्यम रेडियोनै भएको बताउँनु भयो ।यस्तै कार्यक्रममा रेडियोका अध्यक्ष नारायण कोर्इरालले अव रेडियोलार्इ समयसापेक्ष बनाउदै अगाडी बढ्ने उल्लेख गर्नुभयो।
उहाँले रेडियो भेरीले राजनीतिक परिवर्तन र विपत्मा खेलेको भूमिका अतुलनीय रहेको स्मरण गर्दै श्रोताहरुकै माग तथा स्थानीय अभिरुचिलाई ध्यानमा राखी नयाँ“–नयाँ कार्यक्रमहरुको खाका तयार गर्ने क्रम जारी रहेको बताउनुभयो।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव कमल पन्त,पत्रकार महासंघ सुर्खेतका पुर्वअध्यक्ष मोतिलाल पौडेल, स्वास्थ्यकर्मीसंघ सुर्खेतका अध्यक्ष उदय थापा, पत्रकार प्रकाश पन्त लगायतले सरकारका गतिबिधिलार्इ छिटोछरितो र जनमुखि बनाउन रेडियोले निरन्तर सरकारात्म काम थाल्न सुझाँब दिनुभयो।
बिक्रम सम्बत २०६१ साल बैशाख १४ गते सयवाट क्षमतामा १०६ थोप्लो ४ मेगाहर्जमा प्रसारण शुरु गरेको रेडियो भेरीले अहिले ५०० वाटमा हर्रेबाट ९८ थोप्लो ६ र सय वाटमा बीरेन्द्रनगरबाट १०२ थोप्लो ७ मेगाहर्जमा आफ्नो सेवा दिइहेको छ।
अहिले बिहान ५ बजेदेखि राती ११ बजेसम्म दैनिक १८ घन्टा प्रसारण हुँदै आएको रेडियो भेरीले १० वटा समाचार बुलेटीन सहित सूचनामुलक र मनोरन्जनात्मक कार्यक्रम प्रसारण गरिरहेको छ।
कर्णाली प्रदेसका साथै लुम्बीनी र सुदुरपश्चिम प्रदेस तथा भारतका आधा दर्जन बढी जिल्लामा समेत आफ्नो पहुँच स्थापित गरेको रेडियो भेरीले यसक्षेत्रका मुद्धालार्इ प्रमुख रुपमा उठाउँदै समाधानकालागि जिम्मेवार निकायलार्इ निरन्तर दबाब दिने काम जारी राखेको छ।
यस्तै यसक्षेत्रका कला संस्कृति,साहित्य तथा भाषा र भेषमुषा अनि धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण र सम्वर्द्धनका साथै यसलार्इ एक अर्को समूदायसम्म पुर्याउन पुलको काम पनि गरेको छ।
यसअवसरमा रेडियो भेरी अझ प्रभावकारी रुपमा थप जिम्मेवार र जनउत्तदारयी भएर तपार्इकै आवश्यकता र चाहाना अनुरुप समाचार, सूचनामुलक र मनोरन्जनात्मक कार्यक्रम प्रसारण गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।
रेडियो भेरी, तपार्इ सबै सुभेच्छुक एंव बिज्ञापन दाताहरुको माया र सहयोगका कारण यो अवस्थामा आएकोले आगामी दिनमा पनि उचित सल्लाह र सुझावको अपेक्षा सहित हार्दिक आभार व्यक्त गर्दछ।
प्रकाशित मिति: १४ बैशाख २०८०, बिहीबार १७:४६