चुनाबी वर्षका रुपमा २०७९ सालमा कर्णाली प्रदेमा पनि राष्ट्रिय राजनीतिकै प्रभाव पर्यो। स्थानिय र प्रदेश दुवैमा कांग्रेस पहिलो दल हुँदा स्थानियमा एमाले र प्रदेशमा माओवादी केन्द्र दोस्रो ठुलो बने ।कर्णालीमा गत असोजमा आएको बाढी पहिरो ४० जनाको ज्यान गयोः २५ जना बेपत्ता मुख्य गरी राजनीतिक क्षेत्रमा यी घटनाहरु चर्चित रहे ।
राष्ट्रिय रुपमा ने वर्ष २०७९ को पहिलो महिना मै बैशाख ३० गते एकै चरणमा देशभरका ७५३ स्थानीय तहको निर्वाचन भयो ।मुलुक संघीयतामा गएपछिको दोस्रो स्थानीय तहको निर्वाचनमा गठनबन्धन गरेको कांग्रेस धेरै स्थानीय तहमा विजयी भएर पहिलो पार्टी बन्न पुग्यो ।यस्तै मंसिर ४ गते संघीय संसद र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भयो ।
नेपाली कांग्रेस पहिलो,नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो, बन्दा पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र चौथो ठूलो दलका रुपमा स्थापित हुन पुग्यो ।
यो चुनावबाट रास्वपा, राप्रपा, जनमत र नागरिक उन्मुक्ति पार्टी संसदमा नयाँ शक्तिको रूपमा देखा परे।पुस १० मा चुनाबी गठबन्धन तोडेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेसहित बिभिन्न ७ दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रधानमन्त्री बन्नु भयो ।राजनीतिमा उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई उपप्रधान एवं गृहमन्त्री बन्न सफल सफल हुनु भयो।
माघ १३ गनागरिकता विवादमा सर्वाेच्च अदालतद्वारा चितवन क्षेत्र नम्बर २ का सांसद राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेको सांसद पद खारेज,सांसद पद खारेजसँगै लामिछानेद्वारा उपप्रधान एवं गृहमन्त्री पदबाट राजीनामा दिनुपर्यो
राजनीति स्थिरता कामय गर्ने वाचा गरेका प्रधानमन्त्री दाहालको पार्टी माओवादीले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने संकेत गरेपछि फागुन १३ गते राष्ट्रिय प्रजातन्त्र पार्टी र फागुन १५ गते नेकपा एमालेद्वारा प्रधानमन्त्री दाहालाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरे।
पालिकामा महत्त्वपूर्ण मानिने छ वटा महानगरमध्ये सङ्घीय राजधानी रहेको काठमाण्डौ महानगरमा भने स्वतन्त्र उम्मेदवार बालेन शाह तथा धरान र धनगढी उपमहानगरपालिकामै पनि स्वतन्त्र उम्मेदवार हर्क साङपाङ र गोपी हमाल मेयरमा विजयी हुनुभयो। ।
दोहोरो नागरिकता सम्बन्धमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि झन्डै एक महिना उपप्रधान एवम् गृहमन्त्रीसमेत बन्नुभएका रास्वपाका सभापति रवि लामिछानेको सांसद पदसमेत खारेज भयो ।
फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एमालेका सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित हुनुभयो ।
चैत ५ गते त्रिभुवन विश्वबिद्यालय अन्तर्गत रहेका केही बाहेक देशैभरका क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन सम्पन्न भयो ।
आर्थिक सङ्कटको वर्षसंसदीय चुनावदेखि पालिका तथा प्रदेश तहको चुनाव सम्पन्न भएको वर्ष २०७९ चुनावी हिसाबमा सफल देखिने पनि आर्थिक रुपमा भने ओरालो झर्यो।बढ्दो आयात, रोजगारीको अभाव, उत्पादनशील क्षेत्रमा शून्य बराबर लगानी आदि आन्तरिक कारणका रुपमा रहका छन ।
यस्तै कोभिडपछि विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको असर नेपालमा पनि पर्यो नेपालमा विगत ५५ वर्षपछि पहिलो पटक अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व वृद्धिदर नकारात्मक भयो ।
महामारीको असर कम हुँदै जाँदा वर्ष २०७९ को सुरुवातदेखि नै खेलकुद गतिविधिले गति लिन थालेविगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेपालमा सबैभन्दा लोकप्रिय दुई खेल फुटबल र क्रिकेट गतिविधि नै धेरै चर्चामा रहे ।
क्रिकेटमा विवाद र ‘चमत्कार’को वर्षका रुपमा रह्यो
वर्षभर अघिकांश समय मैदानभित्र हारको शृंखला र बाहिर नाकारात्मक टिप्पणीबाट गुज्रिएको नेपाल क्रिकेट वर्षको अन्त्यतिर एउटा अभूतपूर्व लयसहित सकारात्मक फड्को मार्न सफष भयो ।
आईसीसी क्रिकेट विश्वकप लिग टूमा कमजोर अवस्था रहेको नेपालले प्रतियोगिताको अन्त्यतिर ११ खेलमा १० खेल जित्दै बिश्वकप छनोटको यात्रा तय गर्न सफल भयोनाबालिक बलात्कार आरोपमा यहि वर्षको भदोमा पक्राउ पर्नुभएका तत्कालिन कप्तान सन्दीप धरौटीमा रिहा हुन भयो भने टोली पूरागनमन गर्दै बिश्वकप छनोटमा पुर्याउन महत्वपूर्ण योगदान दिनुभयो।
फुटबलमा सिनियर खेलाडीहरुको लगातार विदेश पलायन पछि नयाँ प्रशिक्षक र युवा टिमले पनि जीत निकाल्दा नेपाली फुटबलमा थोरै भएपनि राहत दिएको छराष्ट्रिय टिमबाट खेलिसकेका एउटा सिंगै टिम पुग्ने खेलाडीसहित करिब ४० को हाराहारीमा खेलाडी विदेशीए ।
राष्ट्रिय टोलीले घरलु मैदानमा लाओस र भुटान सम्मिलित थ्री नेसन्स कप फुटबलको उपाधि जित्दै निराशालार्इ आसामा बदल्न मद्दत गर्यो ।
चलचित्र क्षेत्र
नेपाली मनोरञ्जन क्षेत्रमा २०७९ सालमा ४६ चलचित्र प्रदर्शन हुँदा १० वटा चलचित्र मात्र हिट भएका हुन्।यस वर्ष ‘कबड्डी ४’, ‘छक्कापञ्जा ४’, ‘महापुरुष’, ‘प्रेमगीत ३’, ‘२ नम्बरी’, ‘फूलबारी’,‘झिंगेदाउ’, ‘के घर के डेरा’, ‘ए मेरो हजुर ४’ जस्ता चलचित्रहरुले समिक्षकहरुको मन जित्दै राम्रो कमाइ गर्न सफल भए ।
वर्ष २०७९ मा नेपाली चलचित्र ‘प्रेमगीत ३’ हिन्दी भाषमा समेत प्रदर्शन भई निकै चर्चा पायो।यस चलचित्रले अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली पहिचान पाउन सफल भयो । संसारका ठूला मल्टिप्लेक्स र चेनमा प्रदर्शन हुने एक मात्र फिल्म ‘प्रेमगीत ३’ नै बन्यो ।
यस वर्ष चलचित्रका केही अभिनेत्री र अभिनेताहरु विवाह बन्धनमा बाँधिए केकी अधिकारी, सलोन बस्नेत, निता ढुंगाना, सुरक्षा पन्तले आफ्ना प्रेमि-प्रेमीकाहरुसँग विवाह गरे भने अभिनेत्री वर्षा शिवाकोटीको विवाह र सम्बन्ध बिच्छेद यहि वर्षमा भयो ।
यस वर्ष केही उत्कृष्ट कलाकारहरुको निधनले मनोरञ्जनात्मक क्षेत्रमा ठूलो क्षति पुग्न गयो जयनन्द लामा, राजेन्द्र लम्साल र निर्देशकद्वय प्रदिप सरकार र प्रताब सुब्वाको निधन भयो ।
बलात्कार मुद्दामा थुनामा रहदै आएका अभिनेता पल शाहले पनि यहि वर्ष सफाई पाएर रिहा हुनुभयो ।
चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त र चलचित्र कलाकार संघको अध्यक्षमा वरिष्ठ कलाकार मोहन निरौला निर्वाचित भए । त्यसैगरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा लोक गायिका रीता थापा मगर नर्विरोध निर्वाचित भइन् ।
चुनावी बर्ष
केही राजनीतिक घटनाक्रमले वर्ष २०७९ सम्झनयोग्य बनायो भने यो वर्ष मुलुक निर्वाचनमय बन्यो।वर्ष २०७९ मा नेपाली राजनीतिमा केही उल्लेख गर्न योग्य घटना भए भने यहि वर्ष तीनै तहको निर्वाचन भएर नयाँ सरकार गठन भयो।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन भएर देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पायो । धरै वर्षदेखि रोकिएको स्वतन्त्र विद्यार्थी यूनियनको चुवाव पनि वर्ष २०७९ मै भयो ।वर्ष २०७९ मा करिब पाँच महिनाको प्रयासमै रवि लामिछानेको नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट देशको चौथो ठूलो दल बन्यो।राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएर गृह तथा उपप्रधानमन्त्री बनेका रवि लामिछाने नागरिकता बिवादमा परेपछि उनको सांसद पद समेत गयो ।
अहिले फेरि यो सहित तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ।चुनावी हिसाबले २०७९ साललाई सफल र उत्साहपूर्ण वर्षको लिएपनि राजनीतिक स्थिरताको दृष्टिले यो पनि सफल हुन सकेन ।
दल र नेताहरुको पद लोलुपता, पदकालागि जेसुकै गर्ने प्रवृत्ति, नेतृत्वको व्यक्तिगत स्वार्थकालागि सिद्धान्त र निष्ठा विपरीत गर्ने सम्झौता यस वर्ष पनि कायम रह्यो ।देशको बढेको आर्थिक संकट सुधार्न भन्दा पनि नेताहरू कसरी सत्तामा पुग्ने र शक्तिमा रहिरहने भन्ने कुरामा केन्द्रित रहँदा महँगी र बेरोजगारीको अवस्था बढ्यो ।
प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार १७:१०