कर्णाली प्रदेशका अपाङ्गता भएकाहरुले तिनै तहका सरकारले बनाएका भौतिक पूर्वाधार संरचना अपाङ्गतामैत्री नभएको गुनासो गरेका छन्।आज वीरेन्द्रनगरमा सुर्खेत अपाङ्ग समाजले आयोजना गरेको कार्यक्रममा उनिहरुले राज्यले नै आफूहरुलाई पीडा दिइरहेको गुनासो गरेका हुन।अपाङ्गता भएकाहरुका लागि सार्वजनिक विद्यालय, शौचालय देखि वैंक अनि कार्यालयहरु मैत्री नभएको उनीहरुले बताएका छन।
उनीहरुले संरचनालाई सुधार गर्नुपर्ने, पुराना संरचना भएका कार्यालयहरुले हेल्प डेस्क स्थापना गरेर अपाङ्गता भएकाहरुलाई सेवा दिनुपर्नेमा जोड दिएका छन।उनीहरुले अपाङ्गता भएकाहरुलाई क्षमता भएपनि कार्यालयमा अविश्वास गर्ने, सहायक सामाग्री प्रदेश राजधानीमा नै उपलब्ध हुन नसक्ने गुनासो गरेका छन।वीरेन्द्रनगरका धर्मराज रावतले परमपरागत शैक्षिक पाठ्यक्रमले अपाङ्गता भएकाहरुलार्इ होच्याउने खाल्का उखान ट्क्का राखिएकाले यसलार्इ सच्चाउन माग गर्नुभयो। यस्तै भेरीगंगाका यज्ञप्रसाद ढकालले अपाङ्गता भएकाहरुको न्याए पाउन नसेको भन्दै गर्दै महिला संगै पुरुष पनि पिडित भएको दुखेसो पोख्नुभयो।
उनीहरु रोजगारीका अवसरबाट बञ्चित हुनुपरेको, विद्यालय शिक्षा तथा उच्च तहमा अध्ययन गर्न भौतिक संरचनाले मुस्किल बनाइदिएको, टोल विकास संस्थामा पहुँच नभएको जस्ता दर्जनौं समस्याबाट अपाङ्गता भएका नागरिक गुज्रिनु परिरहेको बताएका छन।
यस्तै रेनुका कोइरालाले निती नियम कानुन आफुहरुको लागी भएपनि त्यस अनुसारको सुविधा पाउन नसकेको भन्दै अस्पतालहरुमा घन्टौ सम्म लाइनमा बस्न बाध्यभएको बताउनुभयो। यसैबीच कार्यक्रममा अधिकारकर्मी टीका विष्टले वीरेन्द्रनगरका १४ ओटा वडामा गरेको अध्ययन तथा निष्कर्षको प्रस्तुति गर्नुभएको हो।
यता अपाङ्गता भएकाहरुको गुनासो सुनेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले अब प्रदेश सरकारले अपाङ्गता भएका नागरिकका लागि आवश्यक नीति तथा कार्यक्रम एवम बजेट ल्याउने बताउनुभयो।
उहाँले सुरुमा कानून निर्माण गर्ने काम गर्ने भन्दै त्यसपछि त्यहि अनुसारका संरचना निर्माण गर्ने बताउनुभयो।मन्त्री जिसिले अपाङ्गता भएकाहरुका लागि आवश्यक नीति, कार्यक्रम र बजेटको व्यवस्थापन गर्ने जिकिर गर्नुभयो।’
प्रकाशित मिति: ३० चैत्र २०७९, बिहीबार १६:४७