संसदीय व्यवस्थालाई जानकारी दिने उदेश्यले कर्णाली प्रदेशमा बाल संसद् अभ्यास कार्यक्रम आयोजना गरिएको छ। संघीय बाल संसद् कार्यक्रम अन्तर्गत संघीय संसद् सचिवालयको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा नमूना संसद् अभ्यास कार्यक्रममा गरिएको हो। कर्णालीका बालबालिकाले प्रधानमन्त्री, मन्त्री, सभामुख र प्रतिपक्ष दलका सांसदको भूमिका निभाएका छन।
मत्र्चमा सभामुख र तल्तिर प्रधानमन्त्री, मन्त्रीहरु र सत्ता पक्ष बसेका थिए भने देब्रेतिर प्रतिपक्षका सांसदहरु लहरै बसेका थिए। संसद बैठकजस्तै देखिने यो दृश्य कर्णालीमा भने बालबालिकालाइ नमुना संसद अभ्यास तथा प्रस्तुतीकरण कार्यक्रमको हो। संसद जस्तै गरेर सभामुखले बालसासंसदहरुलाइ विषेश समय दिएर पालै पालो बोल्न दिनुभयो ।
सासंदहरुले देशको समसामयिक राजनैतिक घटनाक्रम, विकास निर्माण, बालबालिकाका अधिकारका क्षेत्रमा आफ्ना धारा र प्रश्न राख्छन। त्यसपछि प्रधानमन्त्री र मन्त्रीहरुले सम्बन्धित सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने पालो आउछ। बाइट प्रधानमन्त्री शिला थापाले सदनमा उठेका सबै विषयकको क्रमै संग जवाफ दिनुभयो।
सहभागीहरुले मर्यादित भएर सदनमार्फत सरकारको ध्यानआकर्षण मात्रै गराएन नै उनीहरुले सरकारको आलोचना समेत गर्न भ्याए । विभागी मन्त्रीहरुले पनि के कम सत्ता पक्ष र विपक्षीबाट आएका प्रश्नको सहजै रुपमा जवाफ दिन भ्याए ।
उनीहरुले सदनमा कर्णालीमा रहेको बालबिहाह, कुप्रथा, विकास निर्माणका कार्यहरू, देशको समसामयिक राजनीतिक घटनाक्रम, बालअधिकारलगायतका विषयमा आआफ्ना धारणा तथा प्रश्नहरू राखेका छन। सदनमा सबैको प्रतिनिधित्व हुने गरी समावेशी मन्त्रिपरिषद् गठन गरिएको थियो। बाल संसद् अभ्यासका प्रशिक्षक रमेश पौडेल र वीरेन्द्रबहादुर कार्कीले सदनमा सहभागीहरूले मर्यादित भएर आफ्ना कुरा कसरी राख्ने, सत्तापक्ष र विपक्षीबाट प्रश्न आउँदा कसरी जवाफ दिने लगायतका कुरा सिकाउनु भएको थियो।
संसदीय व्यवस्थामा जनताको नाममा प्रवाह हुने सेवाका बारेमा जानकारी दिन बाल संसद् अभ्यासले धेरै सहयोग पुग्ने संघीय संसद् सचिवालयका सचिव डा.भोजराज पाण्डेको भनाइ छ। उहाँले नमूना बालबालिका संसदीय अभ्यास अत्यन्तै उपलब्धिमूलक तथा बालबालिकालाई नेतृत्व विकास गर्ने एउटा महत्वपूर्ण कार्यक्रम भएको जनाउनु भयो। चार दिवसीय नमूना बाल संसद् अभ्यास कार्यक्रम मार्फत नेपालको संसदीय अभ्यासबारे जानकारी गराउने तथा नेतृत्व विकास गर्ने उद्देश्य रहेको संसद् सचिवालयका उप–सचिव बबिता मिश्रले बताउनु भयो।
उहाँले कर्णालीबाट शुरु भएको नमूना बाल संसद् अभ्यास कार्यक्रम देशका अन्य प्रदेशमा समेत सञ्चालन गरिने छ। नमूना संसद् अभ्यास कार्यक्रममा कर्णाली प्रदेशका १० वटै जिल्लाका २१ विद्यालयबाट ५० जना बालबालिकाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रतिनिधिसभाका सदस्य अमर थापा विनिता कठायत लगायत कर्णाली प्रदेशका सासंदहरुको सहभागिता रहेको थियो।
प्रकाशित मिति: २९ चैत्र २०७९, बुधबार १७:०५