सुर्खेतको भेरीगंगा रामघाटमा गरिएको व्यावसायिक आँप खेतीमा किरा र ढुसी लाग्न थालेपछि किसान चिन्तित भएका छन्।आँप खेतीमा ढुसी लाग्न थालेकाले भेरिगंगा ११ र १३ रामघाटका किसान चिन्तित बनेका हुन।
आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा खुशी भएका किसान अहिले मजुराफूलमा मधुवा किराका कारण ढुसी लाग्न थालेकाले चिन्ता बढेको भेरिगंगा ११ रामघाटका किसान मान बहादुर थापाले बताउनुभयो।
उहाँले मधुवा कीराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुराफूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या बढ्न थालेको बताउनुभयो।यस क्षेत्रका सम्पुर्ण कृषकको आँपका बोटमा मधुवा कीराको प्रकोप देखिएको भेरी पशु तथा कृषि उत्पादन प्रशोधन सहकारी संस्थाका अध्यक्ष नवराज वलीले बताउनुभयो।
उहाँले मधुवाका कारण मजुराफूल झरेर दाना नलागेकाले यसवर्ष आर्थिक समस्यामा परिने हो कि चिन्ताले पिरोलिरहेको बताउनुभयो।फागुन महिनाको अन्तिम सातादेखि मजुराफूलमा मधुवा कीराको प्रकोप देखिएकामा अहिले ढुसी देखिन थालेको कृषकहरुको भनाइ छ।दशरथपुर स्थित बागबानी केन्द्रमा रहेका आँपका रुखमा समेत समस्या देखीयको छ।
भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्रालयका प्रबक्ता धनबहादुर कठायतले जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञान विना नै विषादी प्रयोगले यस्तो समस्या आएको बताउनुभयो।
उहाँले किसानले जानकारी गराए लगतै मन्त्रालयले महाततका निकायलाइ निर्देशन दिएको बताउनुभयो।कृषि बिकास निर्देशनालयको टोलीले स्थलगत अनुगमन गरी आवस्यक सल्लाह दिइएको बताउनुभयो।
कर्णाली प्रदेश लाइ अर्गानीक प्रदेश बनाउने चरणहरु चलेकोले सुरक्षीत तरिकाले बिषादीको प्रयोग गर्न अनुरोध समेत गरिएको छ।मधुवा किराको प्रकोप देखापरेपछि विषादीबाहेक अर्को विकल्प नरहेको उहाँले बताउनुभयो। त्ययस क्षेत्रका अधिकास कृषकहरु आप खेती बाटनै आफ्रनो जिबिका चलाउदै आएका छन।
प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार १५:५०