कर्णाली प्रदेशसभाका सासंदहरुले सडक दुर्घटना तथा विकास निर्माण लगाएतका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन।दुइ महिना पछि शुरुभएको बैठकमा दोस्रो कार्यकालको पहिलो बैठकमा सांसदहरुले समसामियक विषयमा आ-आफ्ना धारणाहरु राखेका छन।
प्रदेशसभा बैठकमा विशेष समयमा बोल्ने सासंदहरुले नागरिक नाना, छाना र खानाको अभावमा रहेको बताएका छन।बैठकमा सासंद घनश्याम भन्डारीले वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापले सवारी दुर्घटना बढेकाले दुर्घटना न्यूनिकरण गर्नमा गम्भीर बन्न सरकारको ध्यानाकषर्ण गराउनु भएको छ।
उहाँले कर्णाली राजमार्गमा आवश्यक मर्मत सुधार गर्नुपर्ने भन्दै वीरेन्द्रनगर नगरपालिकाका केही चोकहरूमा आकाशे पुल आवश्यक रहेकाले बताउनुभयो। यस्तै सासंद कलबहादुर हमालले कर्णालीका विधार्थीहरुले परिक्षा आउने बेला सम्म किताब नापएको भन्दै तत्काल किताब, कापीको व्यवस्था मिलाउन सरकारको ध्यान जानजरुरी रहेको उल्लेख गर्नुभयो।
उहाँले कर्णालीका ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्य क्षेत्रको अवस्था दयनिय भएको भन्दै गरिब निमुखाहरुले सरकारबाट पाउनुपर्ने कुनै सुविधा नपाएको जिकिर गर्नुभयो।सासंद शेरबहादुर बुढाले डोल्पामा भौतिक पुर्वाधार निर्माणको कामले तिब्रता पाउन नसकेको भन्दै सरकारको ध्यानआकर्षण गराउनुभयो।
विषेश समयमा बोल्दै सासंसद बिजय शाहले बाढि पहिरोले क्षेतिपुर्याएको ठाँउका किसानहरुले अहिले सम्म राहत नपाएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो।सासंद देवेन्द्रबहादुर शाहीले सडक मर्मत नहुदाँ साविक कार्णालीका पाँच जिल्लाका नागरिक ज्यानको जोखिम मोलेर हिड्नु पर्ने अवस्था आएको बताउनुभयो।
उहाँले प्रदेश सरकारले सडक निर्माण गर्ने जिम्मा संघीय सरकारको भरपर्दा यस्तो समस्या आएकाले आफैले पहल गर्नुपर्नेमा जोडदिनुभयो। सासंदहरुको जवाफ सम्बन्धित मन्त्रालयका मन्त्रीले अवको सातदिन भित्र जवाफ दिन सभामुखले निर्देशन दिनु भएको छ।
अव अर्को बैठक यही चैत १४ गते बस्ने भएको छ।
प्रकाशित मिति: १३ चैत्र २०७९, सोमबार ०७:००