कर्णालीका नागरिकले अहिले पनि सहज रुपमा सञ्चार सेवाको उपभोग गर्न नपाएको सोरोकारवाहरुले बताएका छन।कर्णालीको राजधानी वीरेन्रद्ररनगरमा भएको कर्णाली प्रदेशमा दूरसञ्चार सेवाकाे वर्तमान अवस्था र गुणस्तर विषयमा सेवा प्रदायकसंग गरेको कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन।
उनीहरुले कर्णालीका ग्रामिण क्षेत्रका नागरिक अहिले पनि फोन गर्न कै लागि घन्टौ हिडेर नेट्वक भएको स्थानमा जान बाध्य भएको बताएका छन। यता नेपाल टेलिकमले भने ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवा कर्णालीका ४ जिल्लामा पुगिसकेको जनाएको छ ।
एउटै केवलबाट उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस तथा टेलिभिजन सुविधा प्रयोग गर्न सकिने ‘फाइबर टु द होम’ (एफटीटीएच) सेवा कर्णालीका सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा पुर्याईसकिएको टेलिकम प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ ।
ल्याण्डलाइन नभए पनि इनटरनेट तथा टीभी सेवा सञ्चालन हुने भएकाले (एफटीटीएच) सेवा उपभोक्ताको रोजाइमा पर्न सफल भएको हो ।
एफटीटीएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पुर्याई ट्रिपलप्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवा प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी बन्दै गईरहेको छ ।
उपभोक्ताको माग बढ्दै गईरहेकाले प्रदेशका बाँकी ६ जिल्लामा ‘एफटीटीएच सेवा’ विस्तारमा तीव्रता दिईएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय, सुर्खेतका निमित्त निर्देशक राजन शर्माले बताए।
अहिले कर्णालीमा ५० प्रतिशत बीटीएस टावरमा सुधार गरिएपनि दुर्गमका जिल्लाहरुमा अझै विद्युत, सडक पहुँच र कम जनशक्तिका कारणले सोचेजति प्रगति हुन नसकेको उहाँको भनाइ छ ।
प्रदेशमा विद्युतीकरण ढिलाईले २ सय ४१ मध्ये १ सय ३९ वटा बीटीएस टावरमा अझै सोलार, जेनेरेटर र स्थानीय हाईड्रो पावरबाटै बीटीएस टावर रिचार्ज गर्नुपर्ने बाध्यता कायमै रहेको छ ।
कार्यक्रमलाइ सम्बोधनगर्दै कर्णाली प्रदेशका मुखयमन्त्री राजकुमार शर्माले आजको युग विज्ञान र प्रविधिको युग भएकोले अहिले नागरिकले सञ्चार प्रयोग गर्न पाउनुपर्नेमा जोड दिए।
दुरसञ्चारले निर्भाह गर्नुपर्ने भूमिका पुरा भएको छ कि छैन’, मुख्यमन्त्री शर्माले भने, ‘यो विषयमा गम्भीर बहस र छलफल गर्न जरुरी रहेको छ ।’ मुख्यमन्त्री शर्माले घर-घरमा इन्टरनेट हात-हातमा मोबाईल भन्ने नारा लगाएको धेरै समय भइनसकेको बताए ।
मुख्यमन्त्री शर्माले भने, ‘दुरसञ्चारले आफ्नो भूमिका पूरा गर्न सक्यो कि सकेन् भन्ने विषयको तथ्यांक राख्नुपर्ने बताएका छन ।शर्माले ठाउँ-ठाउँमा टावर राखिएको हुने तर मजदुरहरुले समयमै पारिश्रमिक नपाउने र सर्वे पनि कहाँ कति खेर हुन्छ भन्ने कुरा थाहा नहुने गरेको बताए ।
यस्तै, दूरसञ्चारको समस्याहरुको जानकारी लिने, उपभोक्ताहरुलाई सूसुचित गर्ने, स्वीकृति प्राप्त सेवा प्रदायकहरुसँग स्थानीय तहमा छलफल गरी समस्याको जानकारी लिई समाधानको उपायहरुको पहिचान गर्न कर्णाली प्रदेशमा दूरसञ्चार सेवा सम्बन्धी अन्तरक्रिया कार्यक्रमका उद्देश्य राखिएका हुन ।्
दूरसञ्चारको वास्तविक अवस्थाको बारेमा छलफल गर्ने, सेवा प्रदायक, नियमक, निकाय, उपभोक्ताहरुलाई एकै स्थानमा ल्याएर एक अर्काको समस्याहरुको छलफल, सेवा प्रदायक र सरोकारवालाहरुबीच सेवाको गुणस्तर, उपलब्धता मर्मत सम्भार र भावि योजनाहरुको सम्बन्धमा छलफल गरी प्राधिकरणले चाल्नु पर्ने भावि कदम बारे जानकारी लिइने र समग्रमा कर्णाली प्रदेशमा दूरसञ्चार सेवाको अवस्थाबारे छलफल भएको हो ।
कार्यक्रममा कर्णालीका मन्त्री, स्थानीय तहका प्रमुख, उपप्रमुख, संम्बन्धित निकायका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार २२:१५