कर्णाली प्रदेशका हिमाली तथा पहाडी जिल्ला खाद्य संकट र कुपोषणको समस्याबाट मुक्त हुन नसकेका पार्इएको छ।खाद्य सुरक्षाका लागि विभिन्न अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्दै आएपनि कर्णालीमा भने खाद्य संकट हुदै आएको छ।सरकारले कर्णाली र सुदूरपश्चिम प्रदेशमा सहुलियत दरमा चालम उपलब्ध गराउँदै आएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले चार वर्ष अघि गरेको सर्भेक्षण अनुसार कर्णाली प्रदेशका करिब ७ प्रतिशत जनसंख्या कम्तीमा एकदिन भोकै बस्न बाध्य हुने गरेको तथ्य फेला परेको थियो।
कर्णालीका करिब १ हजार ७ सय ८ घरधुरीमा सर्वेक्षण गरिएको थियो।२०६८ को जनगणना अनुसार कर्णालीको जनसंख्या १६ लाख २३ हजार ६ सय २ मध्ये १ लाख १३ हजार ६ सय ५२ सर्वसाधारण कम्तीमा एक दिन भोकै बस्न विवश रहेको देखिएको छ।कर्णालीमा २८ प्रतिशत अर्थात् ८ लाख ४० हजार जनसंख्या खाद्य जोखिममा रहेको सरकारी तथाङक रहेको छ।
खाद्य जोखिमको यही अवस्थालाई ध्यानमा राखेर विश्व खाद्य कार्यक्रमले नेपालमा ४५ वर्षदेखि खाद्यान्न सहयोग गर्दै आएको छ।माघ १५ गते विश्व खाद्य कार्यक्रमले इटलीबाट ल्याएको ५४ हजार किलो चामल कुहिएको भेटिएको थियो।
यस्तै अखाद्य चामलका तीन कन्टेनर माघ १५ गतेदेखि नेपालगन्ज भन्सारमा रोकिएका छन्।अखाद्य चामल फेला परेपछि उपभोक्ता हितको संरक्षणमा उदासिन हुन नहुने भन्दै राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख द्धारीका अधिकारीले आधारभुत आवश्यकता रुपमा रहेको खाध्यवस्तु सबै नागरिकको पहुँचमा पुर्याउनुपर्नेमा जोडदिनुभयो।
उहाँले जानीजानी अखाद्य वस्तु खुवाउने काम मानव अधिकार उल्लघन भएको भन्दै यसतर्फ सरकार गम्भिर हुनु जिकिर गर्नुभयो।चालम फिर्ता पठाएर गुणस्तरीय चामल ल्याउन लगाउन सरकारले पहल गर्नुपर्ने मानव अधिकारवादीहरुले बताएका छन्।
यता नेपालगन्ज भन्सार कार्यालय सुचना अधिकारी डिल्लुप्रसाद शर्माले गुणस्तहीन चालम फिर्ता नलगे भन्सार ऐन तथा नियमावली अनुसार नष्ट गर्ने बताउनुभयो।उहाँले विश्व खाध्य कार्यक्रमले उपलब्ध गराएको केही चामल आयत भएको भन्दै त्यसलाइ परिक्षण गर्दा समस्या देखिएको बताउनुभयो।
खाद्यान्न अभावसँगै खाद्य सुरक्षाको जोखिममा रहेका कर्णालीलगायत देशका नागरिकलाई खाद्य सुरक्षा र सम्प्रभूताको प्रत्याभूत गराउन सम्बन्धित ऐन कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार १६:४१