मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विधार्थीहरुले आज उम्मेद्वारी दर्ता गराएका छन।यही चैत्र ३ गतेहुने दोस्रो स्ववियु निर्वाचनको लागि आज उम्मेदवारी दर्ता भएको हो।नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनमा उम्मेदवारी दिएका छन।
निर्वाचनमा नेपाल विधार्थी संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र युनियन अनेरास्वियु, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियुका विधार्थी संगठनहरुले उम्मेद्वारी दर्ता गराएका हुन। केही विधार्थीहरुले भने स्वतन्त्र रुपमा पनि उम्मेदवारी दिएका छन ।
एक सभापति पदको लागी नौ जनाको उम्मेद्वारी परेको छ।सभापतिको लागी नेविसंघका रोशन बस्नेत, अनेरास्वियुका प्रकास भुषाल, एकीकृत समाजवादी निकट अनेरास्ववियुका मिलन विसी र अखिल क्रान्तिकारी ममता अधिकारीले उम्मेद्वारी दिनु भएको छ।
यस्तै नेत्र विक्रम चन्द्र नेतृत्वको क्रान्तिकारी विधार्थी संघगठनबाट योगेशकुमार शाहीले उम्मेदवारी दिदाँ स्वतन्त्ररुपमा पारस सिहं, भुपेन्द्र बम, महेन्द्रकुमार थापा, महेश धिताल चुनावी मैदानमा हुनुहुन्छ।यस्तै सचिवमा पनि नौ जनाको उम्मेद्धवारी दर्ता भएको छ।
सचिवमा नेविसंघबाट भुपेन्द्र आचार्यले अनेरास्वियुकाका भुपेन्द्र भन्डारी, अनेरास्वियूका उमेश तिवारी अखिल क्रान्तिकारी विप्लवका चित्रबहादुर सहकारी लगायत ९ जानले उम्मेद्वारी दिनुभएको छ।उम्मेद्वारहरु विरुद्र उजुरी २४ गतेसम्म दिन सकिने छ भने अन्तिम नामावली २५ गते प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ।
कोषाध्यक्षमा ६ जनाको उम्मेद्वारी परेको छ भने सदस्यमा ३० जनाको उम्मेद्वारी दर्ता भएको जनार्इएको छ।निर्वाचनमा चार हजार ८ सय २९ जना विधार्थीले मत हाल्न पाउने भएका छन।मध्यपश्चिम विश्वविद्यालय संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली २०६९ को नियम १६८ अनुसार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न लागिएको हो। को-को ले दिए उम्मेदवारी -(सूचीसहित)

प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार १९:४५