लघु वित्तिय संस्थाहरुले आफुहरुलार्इ ज्यादति गरेको भन्दै सुर्खेतको वीरेन्द्रनगरमा पनि विरोध प्रदर्शन गरिएको छ।वित्तिय संस्थाहरू विरूद्धको संघर्ष समितिले वीरेन्द्रनगरमा र्याली सहित विरोध प्रर्दशनगर्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइएको हो।
उनीहरुले लघुवित्त संस्थाहरू खारेज गर्नुपर्ने, लघुवित्त संस्थाहरुद्वारा लगानी गरिएको सामूहिक कर्जा मिनाह गर्नुपर्ने, आमगरिबी किसानलाई निःशुल्क कर्जा प्रदान गर्नमाग गरेका छन।
यस्तै आवश्यकता र क्षमताको आधारमा कामको व्यवस्था गर्न र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने भन्दै आन्दोलित भएका हुन।आम्दानीको ठूलो हिस्सा किस्ता तिर्दै बितेको भन्दै लघुवित्तले अनावश्यक मानसिक तनाव दिएको गुनासो गरेका छन्।
किस्ता उठाउने नाममा मृत्यु दर्ता गरेर आए ऋण मिनाहा गर्दिनेसम्मको आश्वासन लघुवित्तहरूले दिएको गुर्भाकोट नगरपालिकाका माया विकले बताउनुभयो।
आम्दानीको ठूलो हिस्सा किस्ता तिर्दै बितेको भन्दै लघुवित्तले अनावश्यक मानसिक तनाव दिएको गुनासो गरेका छन्।
लघुवित्तको नाममा संस्थाहरुले अनुत्पादन क्षेत्रमा लगानी गरेकाले यस्ता समस्या भोग्नुपर्ने संघर्ष समितिका उपाध्यक्ष रमेश सुनारले बताउनुभयो।
उहाँले कर्जा लगानीको नाममा लघुवित्तहरूले गाउँगाउँमा सोझा किसानहरुलाई ऋणमा फसाएको र मोटो ब्याज असुल गरेकाले संगठन नै बनाएर आन्दोलन गर्नुपरेको बताउनुभयो।
प्रकाशित मिति: १६ फाल्गुन २०७९, मंगलवार १७:१५