सुर्खेत । गुणस्तर विद्यार्थी सर्कल (एस.क्यू.सी.)ले आयोजना गरेको ‘कर्णालीको समृद्धिमा विद्यार्थीको भूमिका’ विषयक वक्तित्वकला प्रतियोगितामा नवयुग सुनार प्रथम प्रथम भएका छन् । त्यस्तै शंकर आचार्य द्वितीय, जानकी वुढा तृतीय र डिलसरा खड्का सान्तना भएका छन् ।
प्रतियोगितामा हीमाकुमारी सिंह, पिमा शर्मा, पुष्पा शाही, ज्वाला अधिकारी, रजनी बुढा, ललिता भण्डारी, टिका कँडेल, तुल्सी वि.सी., धनलक्ष्मि बोहरा, कल्पना बुढा, सरोज परियार, भरत विश्वकर्मा, आशाराम विक, नाराण तिमिल्सेना, कमल चौलागाई, जानकी बुढा, प्रतिमा वली, मैमा बुढा, नवयुग सुनार, हर्ष बहादुर बोगटी, विर्ख विकले भाग लिएका थिए ।
प्रतियोगितामा क्याम्पसका प्राध्यापकद्वय डा. दीपक गौतम, युवतकुमार वली, विष्णुप्रसाद कँडेल निर्णयक मण्डलमा थिए ।
कार्यक्रममा सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतका क्याम्पस प्रमुख माधवप्रसाद खनालले कर्णालीको समृद्धिमा विद्यार्थीको महत्वपूर्ण भूमिका रहेको बताए । त्यस्तै एस.क्यू.सी. अध्यक्ष यशोदा खत्रीले विद्यार्थीहरुको अन्तरनिहीत क्षमतालाई बाहिर ल्याउनका लागि यस्ता प्रतियोगिताहरु आयोजना गरिनुपर्ने बताइन् । प्रतियोगितामा स्थान हासिल गर्नु मात्र नभएर सहभागिता जनाउनु नै महान भएको भन्दै विद्यार्थीहरुको क्षमता विकासका लागि अन्य कार्यक्रमहरु पनि आयोजना गरिने बताइन् ।
क्याम्पस प्रमुख माधवप्रसाद खनाल प्रमुख अतिथि रहेको कार्यक्रममा ओमप्रकाश न्यौपाने, किरण भट्टराई विशेष अतिथि थिए । त्यस्तै राधा ढकाल, प्रकाशकुमार खड्का र एस.क्यू.सी. अध्यक्ष यसोदा खत्री लगायत अतिथिको रुपमा सहभागी थिए ।
प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार १७:५३