कर्णाली सरकारले सुर्खेतको वीरेन्द्रनगरको एकीकृत विकास योजना निर्माणको तयारी थालेको छ।कर्णाली प्रदेश सरकारले आज पत्रकार सम्मेलनको आयोजना गर्दै वीरेन्द्रनगरको एकीकृत विकास योजना सार्वजनिक गरिएको हो।
सुरक्षित, व्यवस्थित र वातावरणमैत्री बनाउने लक्ष्यसहित सडक, खानेपानी, विधुत, ढल निकास र हरियालीसहित योजना अघि सारिएको छ ।वीन्द्रनगर कर्णाली प्रदेशको रायजधानी समेत भएकाले यसको प्रशासनियक, आवश्मकता, कर्णाली प्रदेशको सम्रग पहिचान र यसलाइ पर्यटिकिय आकर्षणको केन्द्र समेत बनाइने भएको छ।
वीयेन्द्रनगर स्थानगत एकीकृत नगय विकास योजनामा जोखिम संवेधनशील भुउपयोगी योजना, वातावरण संरक्षण, यातायत गरुयोजना, सार्वजनिक पुर्वाधार विकास योजना र एकिकृत वस्ती विकास जग्गा एकिकृरण योजना समाबेश गरिएको छ।
प्रदेश प्रमुख सचिव डा. गोपीकृष्ण खनालले आगामी जेठ मसान्तसम्म वीरेन्द्रनगरलार्इ कस्तो बनाउने भन्ने विवरण आइसक्ने बताउनुभयो।उहाँले वीरेन्द्रनगरलाई कंक्रिटको शहर नबनाई सभ्य, सुन्दर, हरित, व्यवस्थित, समृद्ध शहरको रुपमा विकास गर्न यो अवधारणा ल्याइएको बताउनुभयो।
२०७४ साल फागुन १२ गते प्रदेश सभाको वैठकले वीरेन्द्रनगरलाइ आधुनिक र व्यवस्थित बनाउने योजना अगाडी सारेको थियो।आगामी २०८० साउनबाट यो योजना कार्यान्वयनमा ल्याउने सरकारले तयारी थालेको छ।
यस्तै मुख्यमन्त्री राजकुमार शर्माले योजना बनेपछि लागत देखि सबै कुरा आउने बताउनुभयो।उहाले प्रदेश एक्लै योजना सम्पन्न गर्न नसक्ने भन्दै तीनै तहका सरकारको सहकार्यमा वीरेन्द्रनगरलार्इ नमुना शहर निर्माण गरिने बताउनुभयो।
प्रकाशित मिति: २२ माघ २०७९, आईतवार १७:५१