पछिल्लो दुइ दिनमा सुर्खेतमा लागू औषध सहित पाँच जनालाइ प्रहरीले प्रकाउ गरेको छ। प्रहरीले दुइजना र हिजो तिन जनालाइ नियन्त्रणमा लिएको जनाएको छ।कर्णाली प्रदेश प्रहरी कार्यालय, लागु औषध नियन्त्रण व्युरो र सुर्खेतबाट सादा पोसाकमा खटिएका संयुक्त प्रहरी टोलीले गोप्य सुचनाको आधारमा उनीहरुलाइ नियन्त्रण लिएको छ।
प्रकाउ पर्नेमा जुम्ला घर भइ हाल वीरेन्द्रनगर ७ ईत्राम बस्ने वर्ष २९ को लोकेन्द्र शाही र वीरेन्द्रनगर १२ का ४८ वर्षिय नर बहादुर सिंह रहेको प्रहरीले जनाएको छ।शंकास्पद हिडिरहेको बेला खानतलासी गर्दा उनिबाट साथबाट १५० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित नगद २ हजार आठ सय बरामद गरिएको छ।यस्तै प्रहरीले वीरेन्द्रनगरबाटै प्रहरीले १ ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ, बरामद गरिएको छ।उनीहरुको साथबाट प्रहरीले दुई लाख, बाईस हजार, आठ सय पैसठ्ठी रुपैया बरामद गरिएको छ।
प्रकाउ पर्नेमा वीरेन्द्रनगर १० बस्ने बर्ष २२ को रहिस कबडिया वीरेन्द्रनगर ७ का प्रेम दमाई र सुनिल थापा रहेका छन।यसैबीच कर्णालीमा लागुऔषध नियन्त्रण चुनौति बन्दै गएको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार चालू आर्थिकको हालसम्म लागूऔषधको ओसारपसार, प्रयोग र बिक्री वितरणका ५५ मुद्दा प्रहरीमा दर्ता भएका छन्।घटनामा एक सय दुई जनालाई प्रतिवादी बनाई प्रहरीले पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।त्यसमा ९८ पुरुष र सात महिला संलग्न रहेका छन्।
गत आर्थिक बर्ष २०७८र७९ मा ९५ मुद्दा प्रहरीमा दर्ता भएका थिए भने त्यसमा संलग्न रहेको आरोपमा प्रहरीले एक सय ७२ जनालाई मुद्दा दायर गरी पक्राउ गरेको थियो।
प्रकाशित मिति: २१ माघ २०७९, शनिबार १६:५२