कर्णाली प्रदेशमा आपतकालिन आवास व्यवस्थापन प्रणाली कमजोर देखिएको छ।साता प्रदेशमध्ये कर्णाली प्रदेश प्राकृतिक विपदका हिसाबले उच्च जोखिममा रहेको भएपनि पुर्वतयारी लगायतका कार्यमा भने पछाडी देखिएको छ।
सुर्खेतमा आयोजित आपतकालिन आवास व्यवस्थापन तालीम तथा प्रशिक्षण कार्यक्रममा भूकम्पसहित अन्य प्राकृतिक विपदमा कर्णाली उच्च जोखिम रहेको जनार्इएको छ।
नेपाल रेडक्रस केन्द्रिय कार्यालय अन्तरगर्त विपद्ध व्यवस्थापन विभागको आवास संयोजक मनिसराज तिमिल्सिनाले भौगोलिक अवस्था कमजोर हुँदा बर्सेनी बाढीपहिरो जस्ता विपदका घटना बढि हुने गरेको बताउनुभयो।
उहाँले विपदपछिको पुर्व तयारी हुन नसक्दा पनि कर्णालीमा बर्षेनी ठुलो जनधनको क्षेति गरेको बताउनुभयो।कर्णाली सरकार विपद जोखिम न्यूनीकरणका विभिन्न कार्यक्रम संञ्चालन गरेपनि नागरिकले बाढीपहिरो जस्ता विपदका घटनाबाट ठूलो जनधनको क्षेती बेहोर्नु परेको छ।विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना सरकारले प्रभावकारी रुपमा संञ्चालन गर्नुपर्ने सरोकारवालहरुले माग समेत गरेका छन।
मनसुन पूर्वतयारी तथा प्रतिकार्य, राष्ट्रिय कार्ययोजना-२०७९ ले मनसुनजन्य विपदबाट बर्सेनि कणालीका कम्तीमा साढे ११ हजार घरधुरी तथा ५५ हजार जनसंख्या प्रभावित हुन सक्ने अनुमान गरेको छ।
यसैबीच सुर्खेतमा पहिलो पटक आपतकालिन आवास व्यवस्थापन प्रणाली सम्बन्धी तालिमको आयोजना गरिएको छ।तिनदिने तालीमपश्चात यसलाई अभ्यासमा लैजाने भएकाले अव विपदजन्य घटना भए तत्काल आपतकालिन आवास व्यवस्थापन गर्न सहज हुने विश्वास लिइएको छ।
तालिममा जोखिम न्युनिकरण, आवास निर्माणमा प्रयोग हुने औजार,आधारभुत नापजाच गर्ने तरिका लगायतका विषयलार्इ प्रथामिकता राखिएको छ।कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडाका प्रतिनिधि,स्थानिय जनप्रतिनिधि, विभिन्न संघ संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।
नेपाल रेडक्रश सोसाईटी सुर्खेतका सभापति रामलाल आचार्यले विभिन्न संघ संस्थाको सहयोगमा सञ्चालन गरिएको अस्थायी आवास निर्माण तालिमले स्वयंसेवकको क्षमता विकास भई भविष्यमा हुनसक्ने विपद्को सामना गर्न दक्ष जनशक्ति उत्पादन भएको बताउनुभयो । उहाँले तालिम प्राप्त जनशक्तिले आवश्यकता परेको बेला परिचालन हुने र अरुलाई समेत सीप सिकाउन सक्ने क्षमता भएकाले रेडक्रसका लागि खम्बा भएको जिकिर गर्नुभयो ।कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका अध्यक्ष लिलाराम सुवेदीले विपद् व्यवस्थापन तथा उद्दारमा तालिम प्राप्त जनशक्तिको विशेष महत्व रहने भएकाले आगामी दिनहरुमा थप माथिल्लो स्तरका तालिमका लागि प्रयास गरिने बताउनुभयो।
नगरपालिकाका १६ वटै वडाका २४ जना स्वयंसेवकले तालिम लिएका छन्
प्रकाशित मिति: १७ माघ २०७९, मंगलवार १७:१६