भोलीबाट हुने भनिएको दोस्रो राष्ट्रिय औद्योगिक व्यापार कृषि नविनतम प्रविधि प्रदर्शनी महोत्सव २० गतेबाट हुने भएको छ।
वीरेन्द्रनगर नगरपालिका महोत्सव व्यवस्थापन समितीका अनुसार प्रतिकूल मौसमका कारण पूर्व निर्धारीत समयमा कार्यक्रम गर्न नसकिने हुँदा महोत्सवको मिति परिवर्तन गरेको जनाएको छ।
नेपाल घरेलु तथा साना उद्योग महाँसंघ कर्णाली प्रदेशको आयोजनामा लघु घरेलु तथा साना उद्योगको बजार प्रर्बद्धन गर्ने उद्धेश्यले महत्सव हुने भएको हो।
प्रदेशमा रोजगारी अबसरको साथै स्थानिय उत्पादनहरुलाई सार्वजनिक निकायमा र सबै उपभोक्ता बिच प्रयोग गर्ने उदेश्यका साथै कृषि क्षेत्रको उत्पादन बढाउन सघाउ पुग्ने आयोजकले जनाएको छ।
अव महोत्वस माघ २० देखि २८ गते सम्म संचालन हुने भएको छ।
कर्णाली प्रदेशका लघु, घरेलु साना तथा महिला उद्यमीहरु बीच सम्पर्क बढाउने भन्दै उहाले कर्णाली प्रदेशका औद्योगिक वस्तुहरुको राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारीकरणको सम्भावनाको खोज तथा प्रवर्द्धन गरिने छ।
महोत्वसवमा कर्णालीका उत्पादित घरेलु सामग्री व्यापार तथा प्रचार प्रदर्शनी गरिने छ।
महोत्वसव अवधीभर करिब ४ करोड भन्दा बढिको प्रत्यक्ष कारोबार र ३ करोड भन्दा बढिको अप्रत्यक्ष कारोबार हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १२ माघ २०७९, बिहीबार १७:१४