आज मौसम थोरै स्थानमा आंशिक बदली भए पनि सामान्यतया सफा छ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली भएको छ।
बाँकी सबै क्षेत्रमा मौसम सामान्यतया सफा छ ।आज दिउँसो पनि प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहे पनि देशका बाँकी भू-भागमा मौसम सफा रहनेछ।
आज राति भने बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली हुने सम्भावना रहेको छ।
अन्य भू-भागको मौसम सफा रहनेछ ।भोली भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
मंगलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ८ माघ २०७९, आईतवार ०६:४२