सुर्खेत, कर्णाली प्रदेश सभाका उपसभामुखका यशोदा न्यौपाने निर्वाचित भएकी छिन् । बुधबार बसेको प्रदेशसभा बैठकले उपसभामुखमा न्यौपानेलाई बहुमतसहित निर्वाचित गरेको सभामुख नन्दा गुरुङले घाेषणा गरिन्र । माओवादी केन्द्रका समानुपातिक सांसद न्यौपानेले २४ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी इन्द्राकुमारी शाहीले १४ मत ल्याइन् ।
न्यौपानेलाई सत्तारुढ गठबन्धन (नेकपा माओवादी केन्द्र , नेकपा एमाले र राप्रपा)सँगै एकीकृत समाजवादीले पनि मत दियो । न्याैपानेलाइ उपसभामुख बनाउन माअाेवादीका १३, एमालेका ९, राप्रपाका १ र एकीकृत समाजवादीका १ जना गरी कुल २४ जना सांसदले मतदान गरे । समामुख गुरुङले मतदानमा सहभागी भइनन् । यसअघि आइतबार प्रदेशभाले रुङलाई सभामुखमा निर्वाचित गरेको थियो । ४० सदस्यीय कर्णाली प्रदेश सभामा मतदानमा ३८ सांसदले भाग लिएका थिए ।
प्रकाशित मिति: ४ माघ २०७९, बुधबार १४:३८