सुर्खेत, कर्णाली प्रदेशसभा हाँने जिम्मा महिला सांसदको काँधमा पुगेको छ । सभामुख र उपसभामुख महिलानै निर्वाचित भएपछि संसद हाँक्ने जिम्मा महिला सांसदको काँधमा पुगेको हो । गएको आइतबार नन्दा गुरुङलाई सभामुखमा कर्णाली प्रदेशसभामले आज उपसभामुखमा यशोदा न्यौपानेलाई निर्वाचित गरेको हो । सभामुख र उपसभामुख दुबै समानुपातिक सांसद हुन् । सभामुख नेकपा एमाले र उपसभामुख नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । दुबै जना सत्तारुढ दलबाट निर्वाचित भएका हुन् ।
संघीयतापछि पहिलो पटक सभामुख र उपसभामुख महिला निर्वाचित भएका हुन् । यसअघि संघीय संसद र प्रदेश सभामा महिला, पुरुषले सभामुख र उपसभामुखको नेतृत्व लिंदै आएका थिए । सभामुखमा पनि कर्णाली प्रदेशले संघीयताको इतिहासमै पहिलो पटक महिला निर्वाचित गरेको थियोे ।
सभामुख र उपसभामुख महिला निर्वाचित भएपनि आम नागरिकले भने यसलाई सकारात्मक रुपमा लिन नसकिने बताएका छन् । सरकारमा पुरुषको हालीमुहाली बढाउने मनसायले महिलालाई संसदको जिम्मेवारी दिइएको सर्वसाधारणको प्रतिक्रिया छ ।
प्रकाशित मिति: ४ माघ २०७९, बुधबार १४:३९