सुर्खेत, कर्णाली प्रदेश सभाको उपसभामुखका लागि ९बुधबार० निर्वाचन हुने भएको छ । उप–सभामुखका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार बिहान ९ बजेदेखि १० बजेसम्म उम्मेदवारको प्रस्ताव दर्ता हुने छ । १० बजेदेखि १०ः१५ सम्म उम्मेदवारको नामावली प्रकाशन, १०ः१५ बजेदेखि १०ः४५ बजेसम्म उम्मेदवारको प्रस्ताव उपर दाबी विरोध र १०ः४५ बजेदेखि ११ बजेसम्म उम्मेदवारको प्रस्ताव फिर्ताको समय तोकिएको छ।
यस्तै बिहान ११ बजेदेखि ११ः१५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन र दिउँसो १ बजेपछि प्रदेश सभाको बैठक प्रारम्भ, मत विभाजन र निर्वाचन परिणामा घोषणा हुने प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
सत्तारुढ दलको भागबन्डामा उप–सभामुख माओवादी केन्द्रको भागमा परेको छ। उपसभामुखका लागि माओवादी केन्द्रले यशोदा न्यौपाने र रणसिंह परियारमध्ये एक जनालाई अगाडि सार्ने तयारी गरेको छ । प्रतिपक्ष दल नेपाली काँग्रेसले पनि उपसभामुखको उम्मेदवार टुंगो लगाएको छैन । माओवादीले उपसभामुख सर्वसम्मत गराउने प्रयास थालेको छ । ४० सदस्यीय प्रदेशसभामा बहुमतका लागि २१ सांसदको समर्थन आवश्यक पर्छ । सत्तारुढ गठबन्धनमा माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपाका १ जना गरी २४ सांसद छन् । प्रदेशसभामा कांग्रसका १४, एकीकृत समाजवादीका एक र एक जना स्वतन्त्र सांसद छन् । यसअघि मुख्यमन्त्रीमा समाजवादीका सांसदलेसमेत सघाएका थिए । तर सभामुखमा पनि समाजवादीले विपक्षमा मत दिएको थियो । उपसभामुखमा भने समाजवादीले पनि सघाउनका लागि प्रयास गरिरहेको माओवादी स्रोतको भनाइ छ । नेकपा एमालेबाट समामानुपातिक सांसद नन्दा गुरुङ कर्णालीको उपसभामुख बनेकी छिन् ।
प्रकाशित मिति: ४ माघ २०७९, बुधबार ०५:३४