जुम्लमा । जुम्लमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थमै मृत्यु भएको छ । मृत्यु हुनेमा पातरासी गाउँपालिका १ खालाढिक बस्ने अन्दाजी वर्ष ४२ वर्षीया छोजुम लामा छिन् । सदरमुकाम खलंगाबाट पातारासी गाउँपालिका तर्फ जादै गरेको ग १ ज ४०३५ नम्बरको जीप कोटाभिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी निरिक्षक यमबहादुर बुढा मगरले जानकारी दिए । घटनामा एक दर्जनबढी घाइते भएका छन्र । घाइते सबैलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । जीप ब्याक गर्ने क्रममा सडकबाट करिब ५० मिटर तल तिला नदीमा खसेको थियो । जीप अपरान्ह ४ बजेतिर दुर्घटना भएको हो ।
प्रकाशित मिति: २ माघ २०७९, सोमबार १६:५९