सल्यान । सल्यानमा मानसिक सन्तुलन गुमाएका मामाले आफ्नै भान्जाको हत्या गरेका छन् । बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ३४ वर्षिय डम्बर पुरीले भान्जा ८ वर्षिय भिजन घर्तीको खुडाले घाँटी रेटेर हत्या गरेका हुन् । आइतबार दिउँसो २ बजे पुरीकै आँगनमा खेलिरहेका मान्जलाई मन्दिरमा बली चढाउनेभन्दै मामाले हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता एवम् प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । ‘मानसिक सन्तुलक गुमाएका मामाले भान्जाको हत्या गरेको बुझिएको छ’ उनले भने, ‘दोषिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्दैछाँै ।’ पुरीले हत्या गरेर बालकको शव मन्दिरभित्रै गाड्ने प्रयास गरेका थिए ।
घटना घटेलगत्तै प्रहरी चौकी बनगाड, इलाका प्रहरी कार्यालय देवस्थल र जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले पुरीलाई पक्राउ गरेको थियो ।
प्रकाशित मिति: २ माघ २०७९, सोमबार १२:५६