सुर्खेत । राष्ट्रिय शोकका कारण कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । आज (सोमबार) बस्ने भनिएको बैठक शोकका कारण स्थगित भएको हो । पोखरामा भएको यती एयरको विमान दुर्घटनामा सरकारले आज सार्वजनिक बिदा दिएको छ । सोही कारण कर्णाली प्रदेश सभा बैठक स्थगित गरिएको प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
आजको बैठकमा उपसभामुखको चयन गर्ने कार्यतालिका थियो । स्थगित बैठक माघ ३ गते मंगलबार दिनको १ बजे बस्ने छ । बैठकले उपसभामुख चयन गर्ने छ ।
आइतबार काठमाडौंबाट पोखराको लागि ४ जना चालक दलका सदस्यसहित ६८ जना यात्रु बोकेर उडेको यती एयरको एटिआर ७२ जहाज पोखरा १५ नयाँगाउँस्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।
प्रकाशित मिति: २ माघ २०७९, सोमबार १२:४८