कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजबाट सुरु भएको छ।
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका संसदिय दलका नेताले शुभकामना दिदै आफ्नो दलिय धारणा राखेका छन।
प्रदेस सभाको जेष्ठ सदस्य, दैलेखबाट निर्वाचित नेकपा एमालेका सांसद बिनोदकुमार शाहको अध्यक्षता बैठक बसेको हो।
बैठकले सभामुख र उपसभामुख चयन नहुनेबेलासम्म बैठकको अध्यक्षता गर्नकालागि हिक्मत बहादुर बिष्ट ,भिमप्रकाश शर्मा र जित बहादुर मल्ललार्इ मनोनयन गरेको छ।
कर्णाली प्रदेस सभाको अर्को बैठक आउँदो २५ गते बस्ने भएको छ।
दोस्रो बैठकबाट सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु हुने बतार्इएको छ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रबाट १/१ जना सांसद रहेका छन्।प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठकलार्इ सम्बोधन गर्दै राजतीनिति दलका नेताहरुले प्रदेशको समृद्दिकालागि मिलेरै अघि बढ्नु पर्ने बताएका छन।
बैठकलार्इ सम्बोधन गर्दै कर्णाली प्रदेसशका मुख्य मन्त्री एंव नेपाली कांग्रेस संसदिय दलका नेता जीवनकुमार शाहीले कर्णालीमा रोग भोक र पछ्यौंटेपन हटाउन सबै एक भएर अघि बढ्नु विकल्प नभएको बताउनु भयो।
नेकपा एमाले संसदिय दलका नेता यामलाल कँडेलले पार्टी, जिम्मेवारी र भुमिका फरक भएपनि प्राप्त उपललब्धी र प्रदेशको उन्नतिकोलागि सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।
यसैगरी माओवादी केन्द्रका संसदिय दलका नेता राजकुमार शर्मा पहिलो कार्यकालले अब के कसरी अघि बढ्ने बाटो देखाएको भन्दै त्यसलार्इन मनन गरेर अघि बढ्नु पर्नेमा जोड दिनु भएको छ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद संन्तोषी शाही नेकपा समाजवादीका कल्यानी खड्का र स्वतन्त्र सांसद देवेन्द्र बहादुर शाहीले पनि दलिय स्वार्थभन्दा माथि उठेर सबै सांसदले इमान्दारी पूर्वक आफ्नो कर्तव्य र दायित्व पूरा गर्नुपर्ने औंल्याउनु भएको छ।
प्रकाशित मिति: १८ पुष २०७९, सोमबार १७:१५