कर्णाली प्रदेशसभाका नवनिर्वाचित सांसदले लिए शपथ लिएका छन।वीरेन्द्रनगरमा रहेको संसद् भवनमा कर्णालीको विविधता झल्किने सांस्कृतिक सहित नवनिर्वाचित सदस्यहरु उपस्थीत भएका छन।जेष्ठ सदस्य विनोद कुमार शाहले सांसदहरुलाई शपथ ग्रहण गराउनु भएको हो।
कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र स्वतन्त्र समान एकएक गरी ४० जना सांसद रहेका छन्।जसमध्ये २४ जना प्रत्यक्षतर्फ र १६ जना समानुपातिक प्रणालीबाट सांसद बनेका हुन्।
४० सदस्य प्रदेशसभा अधिकाशं नयाँ अनुहार रहेका छन। नयाँ सदस्यहरुलाइ उत्साहसँगै चुनौती पनि उत्तिकै देखिएको छ।
केन्द्रमा सत्तारुढ गठबन्धन टुटेसँगै कर्णालीमा पनि सत्ता समीकरण पनि फेरिएको छ।
फेरीयो सत्ता समिकरण
केन्द्रमा एमाले नेतृत्वमा नयाँ सत्ता समीकरण बनेसँगै कर्णालीमा पनि यसअघि गरिएका आकलनभन्दा फरक परिस्थिति देखा परेको हो।नयाँ समीकरणअनुसार एमाले–माओवादी केन्द्रलगायतका दलहरू अब केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउनेछन् ।
केन्द्रमा एमाले–माओवादीबीच सरकार बन्ने लगभग पक्का देखिएकाले कर्णालीमा पनि यीनै दुई दलको साझेदारीमा सरकार गठन हुनेछ।प्रदेशसभा सदस्यका ४० सीटमध्ये एमालेका १० र माओवादी केन्द्रका १३ जना छन्। कर्णालीमा सरकार बनाउनका लागि २१ सांसद चाहिन्छ।
एमाले र माओवादी केन्द्रका गरी २३ सांसद पुग्छन्।नयाँ सत्ता समीकरणले कर्णाली प्रदेशसभामा पहिलो बनेको दल नेपाली कांग्रेस भने प्रतिपक्षमा बस्नुपर्ने देखिएको छ।
कांग्रेसका १४ जना सांसद छन्।त्यस्तै, प्रदेशसभामा नेकपा एकीकृत समाजवादी र राप्रपासँग एक÷एक तथा एक स्वतन्त्र सांसद रहेका छन्।
नेताहरूका अनुसार पछिल्लो सत्ता समीकरणले कर्णालीमा सुरुमा एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो छ।
प्रकाशित मिति: ११ पुष २०७९, सोमबार १७:२१