१५ बुँदे सुर्खेत घोषणा पत्र जारीगर्दै नेपाल पत्रकार महासंघ केन्द्रिय साधारणसभा सम्पन्न भएको छ।कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दुइदिन चलेको केन्द्रीय साधारणसभा ‘सुर्खेत घोषणा-२०७९’ जारी गर्दै सञ्चारकर्मीलाई आचारसंहिताको पूर्ण पालना गर्न आह्वान गरेको हो।
‘पत्रकार आचारसंहिताको सञ्चारकर्मीलाई पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित पत्रकारिता गर्न सबै सञ्चारकर्मीलाई पुनः आह्वान गर्दछ’, सुर्खेत घोषणामा भनिएको छ।नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण प्रत्याभूति गरेपनि त्यसपछि गठित तीनै तहका सरकार तथा राजनीतिक दलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई पूर्णतः कार्यान्वयनमा नल्याएको ठहर महासंघले गरेको छ।
नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा गम्भीर चासो र चिन्ता व्यक्त गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री कानुन निर्माण गर्न तीनै तहका सरकारलाई पुनः आग्रह गर्ने, घोषणामा भनिएको छ।घोषणापत्रमा नागरिक अधिकार, प्रेस स्वतन्त्रता र सूचनाको हक सुनिश्चित गर्न पनि माग समेत गरिएको छ।
८ पुसमा सुरु भएको साधारण सभामा देशभरबाट ६ सय भन्दा बढि पत्रकार उपस्थित थिए। कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको थियोउद्घाटन सत्रमा पत्रकारिता क्षेत्रमा लामो सय सक्रिय रुपमा सहभागी सञ्चारकर्मी एवं पत्रकारलाई राष्ट्रपति भण्डारीले सम्मान पनि गर्नुभएको हो।
प्रकाशित मिति: ९ पुष २०७९, शनिबार १६:३०