नेपाल पत्रकार महासंघको केन्द्रिय साधारणसभा कर्णालीको राजधानी सुर्खेतमा शुरु भएको छ।भोली सम्म चल्ने साधारणसभाको राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन गर्नु भएको हो।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको पहिलोपटक कर्णाली प्रदेशमा आयोजना भएको हो।उद्घाटन अघि बिहान ८ बजे वीरेन्द्रनगरको मंगलबढी चोकबाट प्रभातफेरी कार्यक्रम सहित सिटिहलमा पुगेर कार्यक्रममा परिणत भएको हो।
कार्यक्रमलाइ उद्घाटनगर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकारिताको मर्यादामाथि गम्भीर हुन आग्रह गर्नुभएको छ।उहाँले पत्रकारितालाई स्वच्छ, निष्पक्ष, मर्यादित र विश्वसनीयतामा गम्भीर चिन्तन गर्न पनि पत्रकारसँग आग्रह गर्नुभयो।
राष्ट्रपति भण्डारीले नेपालमा निरङ्कुश राजतन्त्रको अन्त्य र प्रजातन्त्र स्थापनामा पत्रकारको योगदान महत्वपूर्ण रहेको बताउनुभयो।मुलुकको प्रणालीले राम्रोसँग काम गर्न नसके प्रजातन्त्रको औचित्य नहुने भन्दै राज्यका निकायले जनताको सुरक्षाको ग्यारेण्टी गरिनुपर्ने राष्ट्रपति भण्डारीले बताउनुभयो।उहाँले डिजिटल मिडियाको प्रभाव पत्रकारिता क्षेत्रमा परेको भन्दै सामाजिक सञ्जालले पत्रकारिता ओझेलमा परेको बताउनुभयो।
राष्ट्रपति भन्डारीले विचार र अभिव्यक्ति स्वतन्त्रतको सम्मान राज्यले गर्नुपर्ने उल्लेख गर्नुभयो।महासंघले पत्रकारको हकहित र राज्यको दायित्वका विषयमा सहजीकरण गर्ने विश्वास पनि आफूले लिएको उहाँको भनाइ छ ।महासंघको साधारणसभामा शुभकामना व्यक्त गर्न नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनहादुर शाही, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका कृष्णबहादुर महरा लगायत नेताहरूले सम्बोधन गर्नुभएको छ ।
साधारणसभामा स्वदेश तथा विदेशमा रहेका महासंघका शाखाबाट करिब ७ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रकाशित मिति: ८ पुष २०७९, शुक्रबार १६:४७