कर्णाली र लुम्बिनी प्रदेश जोड्ने सबैभन्दा छोटो दुरीको तेलपानी-भुरीगाउँ सडकखण्डको भेरी नदीको पुल निर्माणको पहल पुनः शुरु भएको छ ।निर्माण कार्य शुरुभएको एक दशक भन्दा बढि भइस्कदा समेत निर्माण अलपत्र परेपछि रानीघाटको पुल निर्माणको पहल शुरु भएको छ।दश वर्षदेखि पुल निर्माण अलपत्र परेको भन्दै स्थानियले बेलाबेला आवाज उठाउने गरेपनि कसैले उनीहरुको मागप्रति चासो देखाएका छैनन्।
यसक्षेत्रबाट चुनिएका जनप्रतिनिधि र सम्बन्धित निकायले पनि पुल निर्माणको लागी पहल नगरेको स्थानियले गुनासो गर्दै आएका छन।चुनावी अभियान अन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य हृदयराम थानीले पुल निर्माण देखी पश्चिमको विकास निर्माण गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।
थानीले निर्वाचित भए लगतै पश्चिम क्षेत्रमा पुगेर जनतासमक्ष यसक्षेत्रको विकास निर्माणको जिम्मेवारी आफुले लिने प्रतिबद्धता जनाउनु भएको थियो।चुनावी बाचा पुरा गर्ने उदेश्यका साथ थानीले सडक विभागको मुख्य कार्यायलय काठमान्डौमा पुगेर पुल निर्माणको काम तत्काल थाल्न आग्रह गर्नु भएको छ।उहाँले पुल नबन्दा दैनिक कामकाजमा समस्यासँगै सुर्खेतदेखि बर्दिया जोड्ने सडकको काम समेत अलपत्र परेको भन्दै छिटो भन्दा छिटो पुल निर्माण गर्न आग्रह गर्नुभएको छ।
यता सडक विभागका प्रमुख उमेश बिन्दु श्रेष्ठले पुल निर्माण कार्यको लागी छिटै काम थाल्ने बताउनुभयो।
उहाँले पुल निर्माण समयमा निर्माण सम्पन नभएको स्वीकारगर्दै अव अन्य कागजी प्रकियाहरु पुरा गरेर काम थाल्न सडक डिभिजन कार्यालय सुर्खेतलाइ निर्देशन दिने बताउनुभयो।कन्ट्रक्सनले पुल निर्माणका लागि १४ करोड २९ लाख ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो।ठेकेदार कम्पनीको लापरबाहीका कारण तीन वर्षमा सक्नुपर्ने पुल नौ वर्षसम्म पनि निर्माण हुन सकेको छैन।
२०६९ साल असार २९ गते निर्माणको ठेक्का लिएको पप्पु÷मल्ल जेभी कन्स्ट्रक्सनले अहिलेसम्म तीन वटा पिल्लर मात्र ठड्याएको छ।सुर्खेतदेखि बर्दिया जोड्ने सबैभन्दा छोटो दुरीको ५२ किलोमिटर सडकमा पुल अलपत्र हुँदा सडकको अवस्था पनि उस्तै छ।पुलको काम २०७२ असार मसान्तमा सक्नु पर्ने भएपनि हाल सम्म तीन वटा पिल्लर मात्रै ठड्याएर पुल अलपत्र अवस्थामा छ।
पुल नहुदाँ वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाको सिमानामा पर्ने पुल नबन्दा यहाँका स्थानीयको दैनिकी कष्टकर बन्दै गएको छ।पुल बनेपछि सुर्खेतदेखि लुम्बिनी प्रदेशको बाँके, बर्दिया र सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर जान पनि नजिक पर्छ। पुल निर्माण नहुँदा बर्दियाबाट हाल कोहलपुर–बबई–छिञ्चुहुँदै लामो दुरीमार्फत सुर्खेत आउनुपर्ने बाध्यता छ ।
प्रकाशित मिति: १८ मंसिर २०७९, आईतवार १७:३३