नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले खड्काले संविधानको रक्षा र विकास निर्माणको लागी गठबन्धनलाइ मतदिन अपिल गर्नुभयो।
लोकतान्त्रि–वाम गठबन्धनले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको चुनावी आमसभालाई सम्बोधन गर्दे उपसभापति खड्काले एमालेको प्रतिगमन र, व्यक्ति केन्द्रित शासन चलाउने प्रवृत्ति अन्त्य गर्नका लागि बनेको बताउनुभयो।![](https://khabarera.com/wp-content/uploads/2022/11/purna-1.jpg)
खड्काले कर्णाली प्रदेशमा सुर्य चिह्नलाई शुन्यमा पार्नुपर्ने मतदातालाई आग्रह गर्नुभयो। खड्काले गठबन्धनले गठबन्धनले जितेपछि कर्णालीमा विकास निर्माणका कामलाई तिव्रता दिने उल्लेख गर्नुभयो।
उहाँले कर्णालीमा विकास गर्नका लागि ठुला औजार, मेसिनहरु ल्याउन पनि गठबन्धनको सरकारले अगाडी बढाएको छ।
यस्तै नेपाली कांग्रेसका नेता हृदयराम थानीले सुर्खेतको विकास र समृद्धिको लागी एकपटक आफुलार्इ अवसर दिन मतदातालाइ आग्रह गर्नुभएको छ।।![](https://khabarera.com/wp-content/uploads/2022/11/315482156_3387789288169834_5584033134545252859_n.jpg)
सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका नेता थानीले विकास निर्माणका प्रतिवद्धता, मतदाता रिझाउन र चुनावको लागी मात्रै नभएर साच्चिकै काम गरेर देखाउने भन्दै जनतासँग बोलका कुरा जहिले पनि पुरा गरेको र आफूले नेतृत्व गर्न पाए प्रतिबद्धता जनाएका सबै योजनाहरु पुरा गर्ने उल्लेख गर्नुभयो।
नेता थानीले बड्डिचौर–गुटु–बेनीघाट सडकको स्तरोन्नति, सबै पालिकामा विद्युतीकरण, फलाँटे–तेलपानी–भुरीगाउँ सडकको निर्माण जस्ता योजनाहरु प्राथमिकतामा राखेको बताउनुभयो।
यस्तै चुनावी सभालाइ सम्बोधन गर्दै सुर्खेत क्षेत्र नं. २ (क)का उम्मेदवार कालिप्रसाद साक्यले वीरेन्द्रनगरको विकास निर्माण गर्ने जिम्मा आफुहरुलाइ दिन अपिल गर्नुभयो।
उहाँले आफुले यसक्षेत्रको नेतृत्व गर्न पाए सम्रग विकास निर्माणका कामलाइ प्रथामिकता दिने उल्लेख गर्नुभयो।
यस्तै सुर्खेत क्षेत्र नं. २ (क)का उम्मेदवार विन्दमान विष्टले मतदाताले आफूलाई पुनः नेतृत्व गर्न अवसर दिए अधुरा योजनाहरु पुरा गर्ने र पश्चिमको विकासका लागि अझै कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।![](https://khabarera.com/wp-content/uploads/2022/11/316158857_3340481232853918_1600386909538751841_n.jpg)
प्रकाशित मिति: १ मंसिर २०७९, बिहीबार १७:४७