सुर्खेत, नेकपा एमालेका नेता एवम् सुर्खेत क्षेत्र नं. १ (ख) प्रदेशसभा सदस्यका उम्मेदवार डण्डीप्रसाद शर्माले मतदाताको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन् । मतदाता र आफूबीच नयाँ सम्बन्ध नभइ विगतदेखि नै सुर्खेत क्षेत्र नं. १ (ख)मा जनताको सुखदुखको साथी भएर बसेको बताएका छन् । चुनाव प्रचार–प्रसार गर्ने समय सकिनै शर्माले लाग्दा सामाजिक सञ्जाल फेसबुकमार्फत मतदातासँग यस्तो प्रतिबद्धता जनाएका हुन् । चुनावी दौडानको क्रममा भेट्न नपाएका र भेटेर पनि राम्रोसँग गफगाफ हुन नपाएको मतदातालाई शर्माले स्थिरता, विकास र समृद्धिका लागि आफूलाई मत दिन आग्रह गरेका छन् ।
साथै उनले निर्वाचनलाई प्रभावित पार्ने खालका गतिविधिप्रति सचेत रहनसमेत मतदातालाई अपिल गरेका छन् । चुनावी अभियानका क्रममा मतदाताले दर्शाएको स्नेह, भरोसा र सल्लाह सुझावलाई ग्रहण गर्दै कहिलै पनि मतदाताको शिर झुक्न दिने प्रतिबद्धता जनाएका छन् ।
‘म यस क्षेत्रका जनताको सुख दुःखको साथी भएर बसेको छु । तपाईंहरुसँग मेरो सम्बन्ध नयाँ होइन्, म सँधै यसै क्षेत्रमा बसेर तपाईंहरुसँग भेट्दै, भलाकुसारी गर्दै, विकास कार्यमा सहभागी हुँदै र तपाईंहरुका समस्याहरुको हरसम्भव समाधान गर्दै आइरहेको छु’ शर्माले भनेका छन्, ‘तपाईंहरुले मप्रति दर्शाउने भएको स्नेह, भरोसा र सल्लाह सुझाव मेरा लागि सँधै मार्गदर्शक हुनेछन् । मैले कहिल्यै पनि तपाईंहरुको शिर झुक्न दिने छैन् ।’
शर्माले सामाजिक सञ्जाल फेसबुकबाट मतदातालाइ गरेकाे अाग्रह
आदरणीय मतदाता महानुभावहरु नमस्कार !
म यस क्षेत्रका जनताको सुख दुःखको साथी भएर बसेको छु । तपाईंहरुसँग मेरो सम्बन्ध नयाँ होइन्, म सँधै यसै क्षेत्रमा बसेर तपाईंहरुसँग भेट्दै, भलाकुसारी गर्दै, विकास कार्यमा सहभागी हुँदै र तपाईंहरुका समस्याहरुको हरसम्भव समाधान गर्दै आइरहेको छु ।
चुनावी अभियानका क्रममा केही दिन मात्रै प्रचारप्रसार गर्न पाइने हुँदा घरदैलो अभियानमा तपाईंहरु सबैसँग मैले राम्रोसँग कुरा गर्न नपाएको पनि हुन सक्छु । तसर्थ, चुनावपछि पनि हामी भेटेर कुराकानी गर्नेछौं । तर, यो बीचमा तपाईंहरुले मप्रति दर्शाउने भएको स्नेह, भरोसा र सल्लाह सुझाव मेरा लागि सँधै मार्गदर्शक हुनेछन् । मैले कहिल्यै पनि तपाईंहरुको शिर झुक्न दिने छैन् । निर्वाचनका क्रममा अनेक खाले कुराहरु आउन सक्छन्, त्यसप्रति सचेत रही स्थिरता, विकास र समृद्धिका लागि जनताको प्रिय पार्टी नेकपा एमालेको सूर्य चिन्हमा मतदान गरिदिनुहुन तपाईंहरुसबै आदरणीय मतदाताहरुलाई हार्दिक अनुरोध गर्दछु ।
डण्डीप्रसाद शर्मा
प्रदेश सभा सदस्य उम्मेदवार
सुर्खेत निर्वाचन क्षेत्र न १ प्रदेश (ख)
प्रकाशित मिति: १ मंसिर २०७९, बिहीबार १२:३८