सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश ज्वाला बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ (खरैखाेला)का स्थायी वासिन्दा हुन् । सानैदेखि अन्याय र अत्याचारका खरो रुपमा उर्तिने उनी विद्यार्थी राजनीतिहुँदै मुलधारको राजनीतिमा आएका हुन् । विगत चार दशकदेखि सक्रिय राजनीतिमा रहेका उनले राजनीतिक जीवनमा धेरै उताव-चडावहरु भोगे तर कहिलै विचलित भएनन् ।
ज्वाला तिनै व्यक्ति हुन् जसले पञ्चायत बिरुद्धको आन्दोलनमा सशक्त भूमिका निभाए । राजनीतिलाई सधै सेवाको रुपमा लिए । विकास निर्माणमा कहिलै विभेद गरेनन् । सबै जनतालाई समान नजरले हेरे । संसद, सरकार र सडक जहाँ भए पनि सल्यानको विकास निर्माणका लागि सधै पैरवी र खबरदारी गरे । सरकारमा हुँदा विकास निर्माणका योजना छनौट र समयमै सम्पन्न गराउन खबरदारी गरे । संसदबाट जनपक्षिय संविधान र नीति (कानूनहरू) निर्माण गरे ।
सल्यानमा विकास निर्माणको जग बसाले । जिल्लाका ठूला आयोजनाहरु (राप्ती राजमार्ग, सल्लीबजार–चौरजहारी सडक, खलंगा–बालुवासंग्रही सडक र खलंगा–मार्के–कालिमाटी–चप्परगौरी–बांके सडक लगायतका सडक पूर्वाधारहरु) उनकै पहल र अगुवाइमा सुरुवात भएका हुन् । जिल्लाका सबै नेता र दलसँग सहकार्य गर्दै जिल्ला अस्पतालको स्तरोन्नति, विद्युतीकरण, जनकल्याण क्याम्पस थारमारे, शिवजन क्याम्पस श्रीनगर, शारदा क्याम्पस शंखमुल, सल्यान बहुमुखी क्याम्पस खलंगा, शहिद नेत्रलाल अभागी प्राविधिक शिक्षालय जस्ता दजनौँ आयोजनाहरु पनि उनकै पहलमा भएका हुन् ।
राष्ट्रिय राजनीतिमा स्थापित ज्वाला जनताका प्रिय साथी हुन् । किनकी उनी जनताको सुख, दुखमा सधै सँगसँगै हुन्छन् । बाढिपहिरो, आगलागी, कोरोना महामारी जस्ता विपदको घडीमा राहत र उद्धारमा खटिन्छन् । चाड पर्व र मेला महोत्सव जस्ता खुशीयालीमा पनि जनतासँगै रमाउँछन् । समृद्धि र विकासका लागि राजनीति गर्छन् तर विकास निर्माणमा विभेद गरेनन जनप्रतिनिधि नहुँदा पनि जनताका मुद्धाहरुलाई कहिलै बिर्सेनन्र । पार्टीले जहाँ खटायो, त्यही पुग्छन् । तर जन्मभूमिप्रतिको माया र सल्यानी जनताबाट कहिलै टाढा भएनन् ।
जनताका दुखमा मह्लम लगाउन पुग्छन् । आपत-विपतमा साथ, सहयोग, आड र भरोसा दिन्छन् । विरामी भेट्न अस्पतालमै पुग्छन् । उपचारका लागि पहल गर्छन् । जस्ताे सुकै अप्ठेराे भाेग्न तयार हुन्छन तर जनताका दुखमा पार्टी हेर्दैनन् । दुखदेखि भाग्दैनन् । राजनीतिको मैदानमा जति नै माथि पुगे पनि जनतासँग भने सधै सरल र सहज व्यवहार गर्छन्र । जनताका दुःखका मह्लम लगाउनु आफ्नो कतव्र्य ठान्छन् ।
सल्यानी कम्युनिष्ट आन्दोलनका अग्रज र राष्ट्रिय राजनीतिमा स्थापित उनै ज्वालालाई सत्तारुढ पाँच दलिय गठबन्धनले मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनाएको छ । यसपालि निर्वाचन जितेर चौथो पटक संसद चिर्ने दाउमा छन् । चुनावी अंक गणित र राजनीतिक परिवेशले उनलाई सहज छ । प्रतिस्पर्धीको फ्रोफाइल हेर्दा उनी जित नजिक छन् ।
राजनीतिक यात्रा
राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनी आजभन्दा झण्डै ३७ बर्ष पहिले (२०४२) सालमा अनेरास्ववियु प्रारम्भिक कमिटी, क्षेत्रीय कमिटी र केन्द्रीय कमिटी सदस्यहुँदै सक्रिय राजनीतिमा अाएका हुन् । अध्ययनको शिलशिलामा सुर्खेत झरेका ज्वालाले २०४४ सालमै तत्कालीन नेकपा (माले) सुर्खेत जिल्ला पार्टी सक्रिय सदस्यता लिए र इकाई कमिटीको जिल्ला सचिव भएका काम गरे । २०४७ मा तत्कालीन नेकपा (माले) सल्यान जिल्ला संगठन कमिटी सचिव भए । २०४८ सालदेखि २०५६ सालसम्म नेकपा एमाले सल्यानको सचिवको जिम्मेवारी कुसलतापूर्वक निभाए ।
पार्टी र जनतामै जीवन समर्पित गरेका ज्वालाले एकपछि अर्काे गर्दै महत्वपूर्ण जिम्मेवारीमा सफलता हात पार्दै गए । फलतः २०५८ सालमा एमालेको राष्ट्रिय परिषद सदस्य भएका राजनीतिको उचाई लिए । त्यसपछि उनी राष्ट्रिय राजनीतिमा छाउन थाले । ०५९ सालमा सम्पन्न एमालेको सातौं महाधिवेशबाट बैकल्पिक केन्द्रीय सदस्य बने । आठौं महाधिवेशनपछि ०६५ सालमा तत्कालीन राप्ती अञ्चलबाट केन्द्रीय सदस्य भएर राष्ट्रिय राजनीतिमा स्थापित हुने अग्रसर रहे । २०६६ मा एमालेको पोलिटब्यूरो सदस्य भएका ज्वालाले सोही अवधिमा राप्ती अञ्चल इन्चार्ज र संयोजक भएर जिम्मेवारी पुरा गरे । २०६२÷६३ को जनआन्दोलपछि पुनस्र्थापनापछि प्रतिनिधिसभाको सदस्य भएका ज्वालाले अन्तरिम व्यवस्थापिका संसदको सदस्यका रुपमा प्रभावकारी भूमिका निभाए । सोहीअवधिमा उनले तत्कालीन राजा र दरबारको जग्गा जमिन लगायत सम्पत्ति छानबिनमा महत्वपूर्ण जिम्मेवारीसहित काम गरे । २०६७ देखि २०६८ सम्म प्रधानमन्त्री झलनाथ खनालको प्रमुख राजनीतिक सल्लाहकार भएर काम गरेर ज्वालाले २०७० सालको संविधासभा सदस्यमा निर्वाचित भएपछि जनपक्षिय संविधान लेख्ने सुनौलो अवसर पाए । त्यसपछि संविधान लेखन तथा मस्यौदा समिति सदस्य रहेर संविधान लेखनमासमेत महत्वपूर्ण भूमिका खेले । सोही समयमा व्यवस्थापिका संसद अर्थ समितिको सभापति भएर परिपक्क राजनीतिज्ञको रुपमा आफूलाई स्थापित गरे । २०७४ मा सल्यान प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि ज्वालाले कर्णाली प्रदेश सरकारको पहिलो आर्थिक मामिला तथा योजना मन्त्री बन्ने अवसर पाए । पहिलो सरकारको पहिलो अर्थमन्त्री बनेर ज्वालाले कर्णाली प्रदेशको अर्थराजनीतिमा अर्काे नयाँ इट्टा थप्ने काम गरे ।
कर्णाली प्रदेशको आवश्यकतालाई मध्यनजर गर्दै भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता राखेर बजेट निनियोजन र कार्यान्वयनमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गरे । यद्यपी पाँच बर्षसम्म अर्थमन्त्री हुन भने पाएनन् । बदलिदो राजनीतिक परिस्थितिले कार्यकाल नसकिदै सरकारबाट बाहिर र संसदबाट बाहिरिए । तर पनि उनले सल्यानको विकास निर्माणका लागि सधैभर पैरवी र खबरदारी गरी रहे ।
एमाले र माओवादीको एकतापछि बनेको नेकपाकालीन अवस्था कर्णाली प्रदेश सह–इन्चार्ज भएर पार्टीमा योगदान गरेका उनै ज्वाला हाल नेकपा एकीकृत समाजवादीको केन्द्रीय विभागको उपप्रमुख एवम् उपमहासचिव छन् । सानैदेखि अन्याय नसहने स्वभावका ज्वालाले पञ्चायत विरोधी संघर्षमा सम्मिलित भएको आरोपमा ३ वर्ष जेल जीवन बिताएका छन् । तत्कालीन देवस्थल गाविसको खहरेखोलामा आमा टिकी र बुवा चन्द्रबहादुर साहुबाट विस २०२३ साल मंसिर १२ गते उनको जन्म भएको हो ।
प्रकाशित मिति: १ मंसिर २०७९, बिहीबार ०१:५३