सल्यान , सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश ज्वालाले ५ बर्षभित्र सडक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माण गर्ने प्रतिज्ञा (प्रतिबद्धता) गरेका छन् ।
ज्वालाले सार्वजनिक गरेको प्रतिज्ञा पत्रमा ५ बर्षभित्र सल्यानलाई सडक सञ्जालमा सम्पन्न बनाउने योजनाहरु समावेश गरेका छन् । जसमा साना ठूला गरेर विभिन्न २८ वडा सडक पूर्वाधारका आयोजनाहरु समेटेका छन् ।
ज्वालाले मदन भण्डारी राजमार्ग निर्माण र लुम्बिनी सल्यानदेखि रारासम्म पर्यटकीय राजमार्ग निर्माण गर्ने जस्ता महत्वपूर्ण आयोजना सञ्चालन गर्ने प्रतिज्ञा गरेका हुन् । सल्यानलाई राष्ट्रिय राजमार्गमा जोड्न ज्वालाले मदन भण्डारी राजमार्ग सल्यानहुँदै निर्माण गर्ने प्रतिज्ञा गरेका हुन् । हालसम्म सल्यान राष्ट्रिय राजमार्गमा जोडिएको छैन । त्यस्तै लुम्बिनी सल्यान रारा पर्यटकीय राजमार्ग सञ्चालन भएको खण्डमा सल्यानका खैरावाङ, छत्रेश्वरी, कुपिन्डेताल लगायतका पर्यटकीय क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने छ ।
ज्वालाले राप्ती लोकमार्गको स्तरोन्नति गरेर टुलेन बनाउने, सल्यान जिल्लाको पर्यटकीय चक्रपथ निर्माण गर्ने, खलंगा–कालिमाटी–याँके सडक, लुहाम कालिमाटी कालोपत्रे सडक, खलंगा–कुपिण्डे वालुवासंग्रही सडक कालोपत्रे, लुहाम फलावाङ–मखनटाकुरी–दाङ सडक, शंखमूल झिम्पे जयचौर–नोक्या सडक, मोख्ला दमाचौर युरोसे सड़क, लान्ति स्थानीखाल–मोख्ला सडकको स्तरोन्नति गर्ने प्रतिज्ञा गरेका छन् ।
त्यस्तै दोरथौर–कालालेख राम्रो खाप्लेनेटा सडक, थारमारे मौलाहाले. फारूला दार्माकोट सडक, यांगेलाकुरी–फारूला सडक, स्वीकोट–नेटा–रागेचौर–कालागाउनेटा–फारूला सडक, पुडवावारी स्वामीवास यवइ सडक, खरिवोट–चिलदाले डाँगीगाउँ पातिहाल्ना–रोल्पा सडक, ढोरचौर सिमाखोला–स्याला शानपा सडक, खाली पुतलीवास कुमाख–कालालेख–उचाल्ने सडक, कालाखेत गारानेटा– कमलपोखरी– परिलेख–खौला सडक, कपुरकोट–निगालपानी झ्याम वाफुखोलाखोला सडक, कपुरकोट–फालावाड–तुहाम सडक, जिल्ला सदरमुकामबाट पालिका केन्द्र र पालिका केन्द्रबाट वडा केन्द्र जोड्ने सडकहरू, सालचौर निगालचुलाचौर माझकाँडा–दोरपिपल सडक, सालचीर–सादनवास थापाचौर माझकांडा आँपचौर सडक, थारमारे बडागाउँ चौरजहारी सडक र दोरचौर–उचाल्ने सल्ली सडक निर्माण, स्तरोन्नति तथा सञ्चालन गर्ने प्रतिज्ञा गरेका छन् ।
त्यसैगरी नदी र खोलाहरूमा मोटरेवल पुल र झोलुंगे पुल निर्माण, विद्यालय भवन, खेलमैदान, घेरबार, फर्निचर, शौचालय लगायतका भौतिक, पूर्वाधार निर्माण गर्दै शिक्षाको गुणस्तरमा सुधार ल्याउने, सल्यान जिल्लाको सदरमुकाममा इन्जिनियरिङ क्याम्पस स्थापना, सल्यान बागचौरमा कृषि क्याम्पस स्थापना, सल्यान जिल्लामा संचालित सामुदायिक क्याम्पसहरूको विश्वविद्यालयबाट सम्वन्धन प्राप्त गर्ने प्रत्येक पालिकामा प्राविधिक शिक्षालय स्थापना गर्ने, विद्यार्थीको विद्यालयमा पहुँच सुधार, विद्यालयको गुणस्तरमा सुधार तथा विद्यालयको शुशासनमा सुधार, साक्षरता अभियानलाइ सम्पन्न गर्ने, प्रविधिमैत्री विद्यालयको विकास तथा व्यवस्थापना र सवै सामुदायिक विद्यालयमा बाल विकास कक्षाको व्यवस्थापन र विकास गर्ने समेत प्रतिज्ञा जनाएका छन् ।
पूर्वाधार विकासका लागि प्रदेश सरकारबाट टेण्डर भई सम्झौता भईसकेको जिल्ला अस्पताल भवन तत्काल सम्पन्न गर्न पहल गर्ने, सल्यान जिल्ला अस्पताललाई १०० सैयामा स्तरोन्नती गर्ने, सल्यान जिल्ला अस्पतालमा ब्लड बैंक संचालन गर्ने, पालिका अस्पताल तथा आधारभूत स्वास्थ्य केन्द्रहरूलाई सुविधा सम्पन्न गराउदै सेवा प्रवाहलाई प्रभावकारी बनाउने जिल्लाभित्र कम्तिमा ५० प्रतिशत घरधुरीमा ‘एक घर एक धारा’ जडान गर्ने प्रतिज्ञा गरेका छन् ।
त्यस्तै जलाधार क्षेत्र तथा पर्यावरणीय संरक्षण क्षेत्र विकास गर्ने, खानेपानी सुरक्षा रणनितिको विकास र प्रयोग गर्ने, अदुवा, सुन्तला जातका फलफूल, वेमौसमी तरकारी, खाद्यान्न, टिमुर लगायतको प्रबद्र्धन र सित भण्डार निर्माण, जिल्ला कृषि विकास गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने, कृषि उपजको समर्थन मुल्य तोकी खरिद केन्द्रबाट उत्पादन खरिदको नीतिगत व्यवस्था मिलाउने, कृषिमा आधारित साना तथा मझौला उद्योग स्थापना गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने ज्वालाको प्रतिज्ञा छ ।
त्यस्तै सल्यान जिल्लाका सम्भावनाहरूलाई उपयोग गर्दै सल्यान जिल्लाको समग्र विकास र सल्यानी जनताको खुसी हाम्रो सपना, सल्यान जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरूको पहलमा अघि बढिरहेका गौरवका योजना तथा सबै कार्यक्रमहरू सम्पन्न गर्ने, निर्वाचित भएपछि सल्यान जिल्लाको समग्र विकास निर्माणमा संघिय, प्रदेश, स्थानिय जनप्रतिनिधिहरू तथा राजनितिक दलका जिम्मेवार नेताहरूसँग समन्वय, साझेदारी र सहकार्य गर्ने ज्वालाको प्रतिज्ञा छ ।
प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलवार २३:४२