नेपाली कांग्रेसका नेता हृदयराम थानीले पश्चिम सुर्खेतको विकास र समृद्धिको लागी एकपटक आफुलार्इ अवसर दिन मतदातालाइ आग्रह गर्नुभएको छ।चौकुने गाँउपालिका ८ गुटुमा भएको चुनावी सभालार्इ सम्बोधनगर्दै नेता थानीले संघीयतापछि पहिलो आफूले पटक पश्चिम क्षेत्रको प्रतिनिधित्व गर्ने अवसर पाएको भन्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो।
सुर्खेत निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका नेता थानीले विगतदेखी हालसम्म भएका विकास निर्माणका काम भन्दा बढि आफु निर्वाचित भए पाँच वर्ष भित्र पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो।उहाँले पश्चिमका जनतालार्इ आफुहरुलाइ मतदिन आग्रह गर्दै आफुले पाएको जिम्मेवारी पुरागर्ने दावी गर्नुभयो।
नेता थानीले अव पश्चिमका जनताको अभिभावको जिम्मेवारी पुरा गर्न आफु तयार रहेको भन्दै यहाँका हरेक समस्याहरुको समाधान गर्ने जिम्मेवारी पनि आफैले लिने उल्लेख गर्नुभयो।उहाँले विकास निर्माणका प्रतिवद्धता, मतदाता रिझाउन र चुनावको लागी मात्रै नभएर साच्चिकै काम गरेर देखाउने भन्दै जनतासँग बोलका कुरा जहिले पनि पुरा गरेको र आफूले नेतृत्व गर्न पाए प्रतिबद्धता जनाएका सबै योजनाहरु पुरा गर्ने उल्लेख गर्नुभयो।नेता थानीले बड्डिचौर–गुटु–बेनीघाट सडकको स्तरोन्नति, सबै पालिकामा विद्युतीकरण, फलाँटे–तेलपानी–भुरीगाउँ सडकको निर्माण जस्ता योजनाहरु प्राथमिकतामा राखेको बताउनुभयो।सडकको स्तरोन्नति नहुँदा हिजोआज पश्चिमका नागरिकलाई प्रदेश राजधानी वीरेन्द्रनगर आउनसमेत मुस्किल हुँदै आएको छ।
त्यस्तै लाइसेन्स होल्ड गरेर बर्षादेखि सञ्चालनमा हुन नसकेको चौकुने सिमेन्ट उद्योग सञ्चालनका लागि संसद र सरकारमा आवाज उठाउने नेता थानीको भनाइ छ।सम्भव भए लाइसेन्स होल्ड गरेको कम्पनीलाई उद्योग सञ्चालनका लागि पहल गर्ने नभए लाइसेन्स खारेज गरेर नयाँ कम्पनीलाई उद्योग सञ्चालनका लागि पहल गर्ने दाबी गर्नुभयो।यस्तै चुनावी सभालाइ सम्बोधन गर्दै सुर्खेत क्षेत्र नं. २ (ख)का उम्मेदवार विन्दमान विष्टले मतदाताले आफूलाई पुनः नेतृत्व गर्न अवसर दिए अधुरा योजनाहरु पुरा गर्ने र पश्चिमको विकासका लागि अझै कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
उहाँले पश्चिमको विकासको लागी आफुहरु हिड्न मात्र नभएर दौडिन समेत तयार रहेको उल्लेख गर्नुभयो ।नेता विष्टले अहिलेको गठबन्धन दलको मात्र नभएर जनताको र विकास र स्थायीत्वको लागी गठबन्धन भएको उल्लेख गर्नुभयो।उहाँले आफुहरु निर्वाचित भएपछि यसअघि शुरु गरेका विकास निर्माणका बाँकी कामहरुलार्इ पनि पुरा गर्ने प्रतिबद्धता जनाउनुभयो। चुनावी अभियानमा पूर्वमन्त्री शिवराज जोशी, राष्ट्रियसभा सदस्य नरबहादुर विष्ट, लगायतका नेताहरु सहभागी छन् ।
प्रकाशित मिति: २९ कार्तिक २०७९, मंगलवार १७:३४