श्रीनगर, निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु गाउँ केन्द्रीत भएका छन् । अन्य जिल्लामा जस्तै सल्यानमा पनि चुनावी सरगर्मी तातिएको छ । सत्तारुढ पाँच दलिय गठबन्धन, एमाले र अन्य साना दलका उम्मेदवारहरु मतदाता फकाउन घरदैलोमा व्यस्त भएका छन् ।
एउटा प्रतिनिधिसभा र दुई वटा प्रदेशसभा रहेको सल्यानमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिसभामा एकीकृत सामाजवादी उपमहासचिव प्रकाश ज्वाला र प्रदेशसभा (क)मा माओवादी केन्द्रका नेता भिमप्रका शर्मा, प्रदेश (ख)मा काँग्रेस नेता सुरेश अधिकारी उम्मेदवार छन् ।
त्यस्तै प्रतिनिधिसभामै एमालेका राजेन्द्रविर राय, राप्रपाका नेता नेत्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीका पवनराज देवकोटा र स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह प्रतिस्पर्धामा छन् । त्यस्तै प्रदेशसभातर्फ (क)मा एमालेका कुलबहादुर गिरी र प्रदेश खमा गुलावजंग शाह उम्मेदवार छन् ।
उम्मेदवारमध्ये धेरैको जासो ज्वालातर्फ केन्द्रीत छ । कारण, ज्वाला राष्ट्रिय स्तरमासमेत परिचित छन् । नेकपा एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका ज्वालाको चुनावी आमसभा, घरदैलो र गतिविधिले जता ज्वाला, उत्तै मतदाताको बाहुल्यता देखिन्छन् ।
ज्वालाको पछाडि पाँच दलिय गठबन्धन र मतदाताको उत्साहले उसै कार्यकर्ता भेला, आमसभा, कोणसभा र घरदैलो अभियानमा उसै पनि नेता र कार्यकर्ताहरुको भीड देखियो । विभिन्न आमसभा र घरदैलोमा ज्वालाले आफू विजयी भैसकेको र औपचारिक घोषणा हुन बाँकी रहेको दाबी गर्दै आएका छन् । अन्य प्रतिस्पर्धिभन्दा अनुभवी, पाँच दलियत गठबन्धनको साथ र लामो समयदेखि सल्यानको विकास निर्माण तथा समृद्धिको अभियानमा पु¥याएको योगदानको कदर गर्दै मंसिर ४ गते मतदाताले आफूलाई विजयीको औपचारिक घोषणा गर्ने ज्वालाको दाबी छ । उनको दाबी जस्तै माओवादी केन्द्र र नेपाली काँग्रेसको बलियो साथ ज्वालालाई छ ।
अन्य जिल्लाको तुलनामा सल्यानमा आफै पनि एकीकृत समाजवादी पनि बलियो छ । एमालेका पुराना नेता र युवापंत्ति एकीकृत समाजवादीमा छन् । ज्वालासँगै एमालेका राजेन्द्रविर राय र स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाह प्रतिनिधिसभामा प्रतिस्पर्धामा उत्र्रिएका छन् । केही समयअघि राप्रपाबाट एमालेमा प्रवेश गरेका राय एमाले कार्यकर्तासँग भिज्न बाँकी छ । लामो समय कांग्रेसको राजनीति गरेका तर उम्मेदवार बनेपछि कांग्रेसले कारबाहीका डण्डाले लखेटेपछि शाह अप्ठेरोमा छन् ।
साना दलका उम्मेदवार श्रेष्ठ र देवकोटलाई ज्वालाले प्रतिस्पर्धी नै नठान्ने दाबी गर्दछन् । ज्वालाको घरदैलो अभियान, चुनावी आमसभाले भने जता ज्वाला, उतै जनता जस्तो वातावरण सिर्जना गराइ दिएको छ ।
प्रकाशित मिति: २७ कार्तिक २०७९, आईतवार १३:२२