प्रदेशसभा सदस्य पदका उम्मेदवार खड्क पोखरेलले विकास गर्नेलाइ भोट दिन आग्रह गर्नुभएको छ। सिम्ता गाँउपालिकाका मतदाता संग कुराकानी गर्दै भोट दिएर जिताए पछि जनताको काम गर्नेलाइ मात्रै मत दिन अपिल गर्नुभएको छ।नेपाली कांग्रेस सुर्खेतका सभापति समेत रहनु भएका पोखरेलले बिचमै भाग्नेलाइ भोट दिएर मत खेर नफाल्न अनुरोध गर्नुभएको छ।
जितेर जनताको भावना अनुसार काम नगरी संसद विघटन पक्षधर र वीचमै सासंद छोड्नेलाइ मत दिएर जनताको मतको अवज्ञा नगर्न अपिल गर्नुभयो।जनभावना बिपरित काम गर्नेलाई अब जनताले नै आफ्नो बिबेक प्रयोग गरि हराउनु पर्ने पोखरेलको तर्क छ।उहाँले विगत पाँच बर्षमा सिम्तामा विकास निर्माणका कामहरु कुनैपनि हुन नसकेको भन्दै अव कांग्रेसले चुनाव जिते विकासको लहर ल्याउने उदघोष गर्नुभयो।
देशलाइ संकट परेको भएर जनआदेश बिना पनि नेपाली काँग्रेस सहितका अन्य दलहरु मिलेर गठबन्धनको सरकार बनाउनु परेको भन्दै गठबन्धनले देश र जनताको लागि काम गर्ने उहाँको भनाइ छ।
उहाँले गठबन्धनले निर्वाचन जिते सिम्तामा हुन नसेका हरेक विकास निर्माणका पुर्वाधार लगायतका कामहरु पुरा गर्ने प्रतिबद्ता जनाउनुभयो।उहाँले संघ र प्रदेशमा कांग्रेस कै नेतृत्वमा सरकार बन्ने ठोकुवा गर्दै इमान्दारी पुर्वक गठबन्धका पक्षमा मत दिन अपिल गर्नुभयो।
कस्तो छ मत परिमाण
स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार सुर्खेत क्षेत्र १ क मा नेपाली कांग्रेस एमाले भन्दा तिन हजार अगाडी देखिन्छ।दुइवटा पालिका रहेको प्रदेस क मा सिम्ता गाँउपालिका र गुर्भाकोट नगरपालिका रहेका छन।
सिम्तामा एमालले जितेको छ भने सुर्खेतको दोस्रो ठुलो नगरपालिका गुर्भाकोट कांग्रेसले जितेको छ।वडा अध्यक्षहरुले पाएको मतपरिणाम सत्तागठबन्धनको मत २० हजार ७ सय १३ छ भने एमालेले १५ हजार ६ सय ८० मत ल्याएको छ।
नेपाली कांग्रेस एक्लै १७ हजार ४ सय ७२ छ भने माओवादी केन्द्रले ९ सय ११ मत ल्याएको छ । एकीकृत समाजवादि पार्टिले ५ सय ६४ मत ल्याएको छ। अघिल्लो निर्वाचनमा बामगबन्धका तर्फबाट उम्मेद्वार बन्नु भएका ठम्मर विष्टले झिनो मत अन्तरले चुनाव जित्नु भएको थियो।
विष्टले १५ हजार ३ सय ५२ मत ल्याउदा नेपाली कांग्रेसका टेकबहादुर सिंहले १५ हजार १ सय ३२ मत पाउनु भएको थियो।अहिले विष्टले माओवादी परित्याग गरि एमालेबाट उम्मेदवार भएका हुनुभएको।विष्ट कहिले माओवादी त कहिले एमालेले भएर दोहोरो चरित्र देखाएकै कारण यसपालि उहाँ प्रति मतदाता रुष्ट देखिएका छन।
प्रकाशित मिति: २६ कार्तिक २०७९, शनिबार १०:४२