निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, भयरहित तथा मर्यादित रुपमा सम्पन्न गर्नको लागि निर्वाचन आचारसंहिता पालन गर्न राजनितकदलहरुले प्रतिबद्धता जनाएका छन।प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको सर्वदलिय बैठकमा दलहरुले यस्तो प्रतिबद्धता जनाएका हुन। मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयमा भएको सर्बदलिय बैठकमा राजनितिक दल लगायत अन्य सरोकारवालाहरुले निर्वाचन आचारसंहिता पुर्णरुपमा पालना गर्नुपर्नेमा जोड दिएका छन।
दलहरुले प्रचारप्रसारलाई मित्रवत र मर्यादित बनाउज राजनीतिक दलहरु गम्भिर रहेको भन्दै आचारसंहिता विपरितका कुनै कार्यक्रम नगर्ने जनाएका छन।आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागी अहिले दलहरुले प्रचारप्रसारको क्रम तीब्र रुपमा अगाडि बढेका छन।यस्तै सुर्खेतमा निर्वाचन अवधिभर मदिरा बिक्री र सेवनमा प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले आज देखि निर्वाचन सम्पन्न नहुँदासम्मका लागि सल्यानमा मदिरा बिक्री/वितरण र सेवनमा प्रतिबन्ध लगाएको छ।मदिरा सेवन तथा बिक्री वितरणका कारण होहल्ला बढी हुने र झगडा पर्ने भएकाले रोक लगाएको जनाएको छ।यस्तै निर्वाचनको मतपरिणाम घोषणा नभएसम्म यस जिल्लामा मेला, पर्व, जात्रा, महोत्सव, खेलकूद र अन्य मनोरञ्जनसम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले मतदान शुरुहुनु भन्दा २४ घण्टा अगाडिदेखि ग्याँस सिलिण्डर, पाइप, सकेट, प्रेसर कुकरजस्ता विस्फोटनमा प्रयोग हुनसक्ने सामग्रीहरुको ओसारपसार तथा बिक्रीवितरण नगर्न उद्योगी, व्यवसायी, व्यापारी तथा आम सर्वसाधारणमा अनुरोध गर्नुभएको छ।
।
प्रकाशित मिति: २५ कार्तिक २०७९, शुक्रबार १८:००