सुर्खेत, नेपाल युरोपेली युनियन चलचित्र महोत्सव मंगलबार सम्पन्न भएको छ । कात्तिक १९ देखि सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको कुइनेपानीस्थित सेमिनार हलमा आयोजना गरिएको चलचित्र महोत्सव मंगलबार साँझ सकिएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दे मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले चलचित्र महोत्सवले युरोपियन युनियन र नेपालबीच कला र संस्कृतिको आदान प्रदान र विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए । चलचित्र महोत्सवले कर्णालीको शिक्षा र कला संस्कृतिको विकासमा अझ भूमिका निर्वाह गरेको भन्दै उनले आगामी दिनमा पनि युरोपियन युनियनसँग सहकार्य गर्न तयार रहेको बताए ।
उपकुलपति सिंहले चलचित्र महोत्सवले कर्णाली कला संस्कृतिलाई विश्वमा चिनाउने र फिल्मी क्षेत्रको विकास र प्रर्वद्धनमा सहयोग पु¥याउने बताए । उनले समापन शस्त्रमा प्रदर्शन गरीको नेपाली भाषाको चलचित्र ऐन झ्यालको पुतलीमा आमाले सन्तान हुर्काउन गरेको संघर्षको चित्रण गरिएको बताए । चलचित्र कथामात्रै नभई कर्णालीका रेक निम्न बर्गिय आमाहरुले सन्तानका लागि गरिने सत्य चित्रण गरेको उल्लेख गरे ।
महोत्सवमा चलचित्र निर्देशक सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रकर्मी, विद्यार्थीका लागि चलचित्र निर्माणसम्बन्धी भर्चुअल माध्यमबाट मास्टरक्लास दिएका थिए । समापन कार्यक्रमा नेपालस्थित युरोपेली युनियनको डेलिगेसनका पे्रस तथा सूचना अधिकारी अम्बर मैनालीले चलचित्र महोत्सवमा सहकार्य गरेकामा विश्वविद्यालय परिवारलाई धन्यवाद दिएका थिए ।
चार दिनसम्म चलेको महोत्सवमा विश्वप्रशिद्ध युरोपियनका ५ वटा विदेशी र ३ नेपाली (द लिटिल कमरेड, गड्स अफ मोलेल्बीक र लाहुरेनी (गोर्खा गर्ल), लोला, अस्कर एण्ड लिली, येट अनदर विन्टर र ऐना झ्यालको पुतली) चलचित्र प्रदर्शन गरिएको थियो । नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औं संस्कर पहिलो पटक काठमाण्डौं बाहिर आयोजना गरिएको हो ।
प्रकाशित मिति: २२ कार्तिक २०७९, मंगलवार १७:२४