सुर्खेत, पश्चिम सुर्खेतले मतदाताले यसपालि पार्टी भन्दा विकासवादी नेतालाई भोट (मत) दिने अठोट लिएका छन् । भोट माग्न गाउँ पुगेका उम्मेदवारहरुसँग मतदाताहरुले खानेपानी र सिंचाई सुविधा ल्याउने ग्यारेन्टी गर्ने उम्मेदवारलाई मात्र भोट दिने बताएका हुन् ।
चौकुने गाउँपालिका–९ घाटगाउँका स्थानीय कालुसिंह विकले यसपालि गाउँमा खानेपानीको व्यवस्था गर्ने उम्मेदवारलाई मत दिने बताए । ‘वरपरबाट भेरी र कर्णाली नदी बगेका छन् तर गाउँमा खानेपानीको अभाव छ’ उनले भने, ‘यसपालि व्यक्ति र पार्टी भन्दा पनि खानेपानी पु¥याउने सक्ने उम्मेदवारलाई भोट दिन्छौँ ।’ घाटगाउँमा ५०/६० घरधुरी छन् । गाउँमा खानेपानी नभएपछि स्थानीय कसैले कर्णाली नदी र केहीले कुवाको पानी पिउँदै आएका छन् । चुनावमा भोट माग्न आउने सबै उम्मेदवारलाई खानेपानी ल्याउने ग्यारेन्टी हुनुपर्ने बताएका छन ।
त्यस्तै चौकुने १० का मिनबहादुर थापाले पनि गाउँमा पानी ल्याइदिने उम्मेदवारलाई भोट दिने अठोट लिएका छन् । ‘खानेपानीका लागि नेतालाई भनौं, मन्त्री र सांसदलाई गुहा¥र्याै तर गाउँमा खानेपानी आएन’ थापाले भने, ‘यसपालि चुनावभन्दा अगाडि जसले पानीको योजना ल्याउँछ, उसैलाई मोट दिन्छौँ ।’ नेता र पार्टीको पछाडि लाग्दा गाउँमा विकास नभएको भन्दै उनले यसपालि पार्टी भन्दा पनि पानीको ल्योजना ल्याउने नेतालाई मत दिने अठोट लिएका छन् । चौकुनको चालिसेवडा र सिंगाडेबाडामा बर्षाैदेखि खानेपानीको अभाव छ । गाउँ–टोलमा खानेपानी नभएपछि स्थानीयलाई आधा घण्टाको दुरीबाट पानी ल्याउनुपर्ने बाध्यता छ ।
चौकुने गाउँपालिका–९ का हरिकला घर्तीमगले गाउँमा सिंचाई सुविधा ल्याइ दिने नेतालाई भोट दिने योनना बनाएको बताइन् । ‘बाढी–पहिरोले सिचाइ कुलो बगाएपछि खेतबारी बाँझै छन्’ उनले भनिन्, ‘बाढीले बगाएको कुलो जसले बनाउने प्रतिबद्धता जनाउँछ, उही उम्मेदवारलाई भोट दिन्छु ।’
विक, थापा र घर्ती जस्तै यसपालि पश्चिम सुर्खेतका मतदाताले विकास ल्याउने नेतालाई मत दिने बताएका छन् । पार्टी र व्यक्ति हेर्दा गाउँघरको विकास नभएको भन्दै पश्चिम सुर्खेतका मतदाताले यसपालि जसले विकास ल्याउने ग्यारेन्टी गर्छ सोही उम्मेदवारलाई मत दिने योजना बनाएका छन् । प्रदेश राजधानीको जिल्ला भए पनि पश्चिम सुर्खेत विकासका हिसावले निकै पछाडि छ । पश्चिमका सडक, विद्युत र खानेपानीको असुविधा छ ।
पश्चिम भएर बग्ने दुई ठूला (कर्णाली र भेरी) भएपनि अधिकांश क्षेत्रमा खानेपानी र सिंचाइको सुविधा छैन । सिंचाइको सुविधा नहुँदा आकाबाट पानी नपरेको बर्षै पश्चिमका खेतबारी बाँझै हुन्छ भने खानेपानीको आहाकार नै हुने गरेको छ ।
मतदाताका कुरा सुनेपछि सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हृदयराम थानीले अबको ५ बर्षभित्र पश्चिम सुर्खेतलाई विकसित क्षेत्र बनाउने प्रतिबद्धता जनाए । पश्चिम सुर्खेतका मतदाताले निर्वाचित गरेको खण्डमा ५ बर्ष भित्रै सबै नागरिकलाई खानेपानीको सुविधा, सबै पालिकामा विद्युतीकरण र सडक स्तरोन्नतिको काम गर्ने बताए । थानीले हालसम्म पश्चिम सुर्खेतबाट प्रतिनिधित्व गर्न पाएका छैनन् । संघीयताअघि उनी तत्कालीन सुर्खेत क्षेत्र नं. २ बाट प्रतिनिधित्व गर्दै आएका थिए । संघीयताअघि पश्चिम सुर्खेत क्षेत्र नं. ३ मा पर्दथ्यो ।
पश्चिमका मतदाताले आफूलाई निर्वाचित गरेको खण्डमा मुहान भएका क्षेत्रमा पाइपबाट गाउँमा खानेपानी पु¥याउने र पानीको मुहान भएका क्षेत्रमा बोरिङ गरेर भए पनि खानेपानीको सुविधा पु¥याउने थानीले प्रतिबद्धता जनाए । उनले पश्चिमको विकास लागि बड्डिचौर–गुटु–बेनीघाट सडकको स्तरोन्नति, सबै पालिकामा विद्युतीकरण, फलाँटे–तेलपानी–भुरीगाउँ सडकको निर्माण जस्ता योजनाहरु प्राथमिकतामा राखेकोे बताए । आफू नयाँ उम्मेदवार नभई पाको र अनुभवी नेता भएका कारण मत दिएर विजयी गराउन मतदातालाई नेता थानीले अनुरोध गरे । पश्चिममा विद्युतीकरण, सडकको स्तरोन्नति र खानेपानीको सुुविधा पु¥याएर पश्चिम सुर्खेतलाई कर्णाली प्रदेशकै नमूना क्षेत्र बनाउने प्रतिबद्धता जनाए ।
त्यस्तै मतदाता भेट्न गाउँ पुगेका सुर्खेत क्षेत्र नं. २ (ख)का उम्मेदवार विन्दमान विष्टले अघिल्लो कार्यकालमा आफूले पश्चिमका धेरै ठाउँमा बोरिङ मार्फत खानेपानी पु¥याएको बताए । पुनः मतदाताले निर्वाचित गरेको खण्डमा अधुरा आयोजनाहरु पुरा गर्ने, विद्युतीकरण र सडकको स्तरोन्नति गर्ने बताएका थिए ।
प्रकाशित मिति: १८ कार्तिक २०७९, शुक्रबार १५:१२